रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह
-1786501128320.webp&w=3840&q=75)
काठमाडौं। पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले मंगलबार वैवाहिक जीवनमा बाँधिएका छन्।
उनीहरूले पोर्चुगलको कास्काइसमा विवाह गरेका हुन्। रोनाल्डोको प्रतिनिधित्व गर्ने जनसम्पर्क संस्था ब्रन्सविक ग्रुपका अनुसार विवाह समारोहमा उनीहरूका पाँच सन्तानको उपस्थिति थियो।
पोर्चुगलको राजधानी लिस्बननजिकै रहेको पश्चिमी तटीय सहर कास्काइसमा विवाह सम्पन्न भएको हो। विवाहपछि दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहका औँठी देखिने तस्बिरसमेत सार्वजनिक गरेका छन्।
रोनाल्डो र जर्जिना विगत एक दशकदेखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको मड्रिडमा भएको थियो।
४१ वर्षीय रोनाल्डो पाँच पटक विश्व वर्ष खेलाडीको अवार्ड जितिसकेका विश्वकै चर्चित फुटबल खेलाडीमध्ये एक हुन्। उनले हालै पोर्चुगलका लागि कीर्तिमानी छैटौं विश्वकप खेलेका थिए।
साउदी अरबको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको टोलीले शनिबारबाट आफ्नो घरेलु सिजन सुरु गर्दैछ।









-1786458313460.webp&w=3840&q=75)


