बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्यौलमा अल्भारेज

बुधबार, २७ श्रावण २०८३खेलपाटी संवाददाता
अन्यौलमा अल्भारेज
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनको विश्वकप जितको उत्सव सेलाउन नपाउँदै नयाँ ला लिगा सिजनको चर्चा सुरु भएको छ।

घरेलु उपाधि जोगाउने लक्ष्यमा बार्सिलोना उत्रिँदा लगातार दुई सिजन उपाधिविहीन बनेको रियल मड्रिड भने ठूलो लगानी, स्टार खेलाडी र प्रशिक्षक जोसे मोरिन्होसहित उपाधि फिर्ता ल्याउने अभियानमा छ।

स्पेनले गत महिना न्यु जर्सीमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो। युरोपियन च्याम्पियनसिपपछि विश्वकपसमेत जितेको स्पेनको फुटबल अब राष्ट्रिय टोलीबाट क्लब फुटबलतर्फ केन्द्रित भएको छ।

ला लिगामा मुख्य प्रतिस्पर्धा भने फेरि पनि बार्सिलोना र रियल मड्रिडबीच हुने अपेक्षा गरिएको छ। लगातार दुईपटक घरेलु उपाधि जितेको बार्सिलोनाविरुद्ध रियल यसपटक निकै आक्रामक देखिएको छ।

राजधानी मड्रिडकै अर्को ठूलो क्लब एट्लेटिको मड्रिड पनि नयाँ सिजनमा दबाबमा हुनेछ।

प्रशिक्षक डिएगो सिमेओनेले क्लबको जिम्मेवारी सम्हालेको १५औं सिजन सुरु गर्दैछन्। तर‚ पछिल्लो पाँच वर्षदेखि ला लिगा उपाधि जित्न नसकेपछि उनीमाथि दबाब बढ्दो छ।

गत सिजन एट्लेटिकोले कोपा डेल रेको फाइनलसम्म यात्रा गरे पनि पेनाल्टी सुटआउटमा रियल सोसिडाडसँग पराजित भयो। च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि आर्सनलसँग हार्दै टोली बाहिरिएको थियो।

अहिले क्लबका लागि सबैभन्दा ठूलो समस्या स्टार स्ट्राइकर जुलियन अल्भारेजको भविष्य बनेको छ। अल्भारेजले सार्वजनिक रूपमा एट्लेटिको छाड्न चाहेको बताएका छन् र बार्सिलोनाले पनि उनलाई अनुबन्ध गर्न चासो देखाएको छ।

एट्लेटिकोले अल्भारेजलाई बार्सिलोनाजस्तो प्रत्यक्ष प्रतिद्वन्द्वीलाई बेच्न अस्वीकार गर्ने संकेत दिएको छ। तर‚ सिजन सुरु हुनुअघि नै खेलाडीको भविष्यलाई लिएर बढेको तनावले यसपटक ला लिगाको उपाधि दौड मैदानमा मात्र होइन, क्लबको व्यवस्थापन तहमा पनि उत्तिकै रोचक हुने संकेत गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी