मंगलबार, २६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
Loading ad...
Bhat Bhateni Supermarket Ad

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

मंगलबार, २६ श्रावण २०८३खेलपाटी संवाददाता
घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी
Loading ad...
mustang rice ad

काठमाडौं। महिला अफ्रिका कप अफ नेसन्समा मलावीले आफ्नो ऐतिहासिक यात्रा जारी राख्दै पहिलोपटक महिला विश्वकपमा स्थान पक्का गरेको छ। अन्तिम क्वार्टरफाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै मलावीले घानालाई २–१ गोलले पराजित गर्‍यो।

खेलको सातौं मिनेटमै इंग्ल्यान्डमा जन्मिएकी स्ट्राइकर शान्तेले बोए–ग्लोरकाहले गोल गर्दै घानालाई अग्रता दिलाएकी थिइन्। तर‚ मलावीले पाँच मिनेटमै खेल बराबरीमा ल्यायो। १२औँ मिनेटमा टेम्बा चाभिङ्गाले गोल गर्दै टोलीलाई खेलमा फर्काइन्।

निर्णायक गोल भने रोज कादजेरेले खेलको ७९औं मिनेटमा गरिन्। उनको गोलसँगै मलावीले २–१ को जित निकाल्दै इतिहासमै पहिलोपटक विश्वकपको टिकट काट्यो।

ब्राजिलमा आयोजना हुने ३२ टोली सहभागी विश्वकपमा अफ्रिकाबाट चार टोलीले सिधै स्थान बनाउनेछन्। मलावी यसअघि नै विश्वकपमा छनोट भएका अल्जेरिया, क्यामरुन र मोरक्कोसँगै अफ्रिकाका प्रतिनिधि बनेको छ।

अब सेमिफाइनलमा मलावीले बुधबार अल्जेरियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा आयोजक मोरक्को र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। क्यासाब्लान्कामा भएको क्वार्टरफाइनलमा क्यामरुनले साविक विजेता नाइजेरियालाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

लगातार नौ संस्करणको विश्वकपमा सहभागी हुँदै आएको नाइजेरिया भने यसपटक कठिन छनोट यात्रामा धकेलिएको छ। अफ्रिकाबाट विश्वकपमा पुग्न अझै दुई टोलीका लागि अवसर बाँकी छ।

नाइजेरिया प्रतियोगिताबाट बाहिरिएसँगै महिला अफ्रिका कप अफ नेसन्सले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ। नाइजेरियाबाहेक यसअघि प्रतियोगिताको उपाधि जित्ने टोलीमा इक्वेटोरियल गिनी र दक्षिण अफ्रिका मात्र रहेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य