नेपालको लगातार दोस्रो हार
बिहिबार, असार १९, २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायर बास्केटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
बिहिबार भएको खेलमा श्रीलंकासँग पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । नेपाल श्रीलंकासँग ६२-५५ स्कोरले पराजित भयो ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भारतसँग १०३-२८ स्कोरले पराजित भएको थियो ।
अब नेपालले बिहिबार बेलुका माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


