काठमाडौं । टाईम्स इन्टरनेसनल क्लब क्विक्स नेपाल बास्केटबल लिगको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाईम्स च्याम्पियन बनेको हो ।
उपाधिसंगै टाईम्सले २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको फाईनलमा टाईम्सले आर्मीलाई ८८–७१ स्कोरले हराएको हो ।
पहिलो सेट १२–१९ ले जितेको टाईम्सले दोस्रो १२–२१, तेस्रो २६–२७ र चौथो सेटमा २१–२१ को स्कोरले जित निकालेको थियो ।
पहिलो क्वालिफायरमा आर्मीले टाईम्सलाई हराएर फाईनल पुगेको थियो । दोस्रो क्वालिफायर खेलमा टाइम्सले पुलिसलाई हराएर आर्मीसंग उपाधि भिडन्त पक्का गरेको थियो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिगमा ८ टोलीले प्रतिस्पर्धा । होम एण्ड अवे को डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो ।
महिलातर्फकाे उपाधि भने विभागीय टिम पुलिसले जितेकाे छ ।
फाइनलमा भाट-भटेनी समृद्धि गोरिल्लाजलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
हारपछि समृद्दि गाेरिल्लाजका कप्तान सदिना श्रेष्ठ :