काठमाडौं । क्विक्स नेपाल बास्केटबल लिगमा शनिबारको दिन पुरुष र महिला स्पर्धाका फाईनल खेल तय थिए ।
दिनको पहिलो खेलमा महिलातर्फको फाईनल खेल भयो । सो खेलमा भाट भटेनी समृद्वि गोरिल्लाजलाई हराउँदै पुलिस च्याम्पियन बन्यो ।
पुरुषको फाईनल खेल अघि सेलिब्रेटीहरुको खेल राखिएको थियो ।
क्रिकेट कप्तान पारस खड्का सेलिब्रेटी टिमको नेतृत्व गर्दै बास्केटबल कोर्टमा उत्रिए । अर्को टिमको नेतृत्व कलाकार प्रशान्त ताम्राकारले गरेका थिए ।
पारसको टिममा समृद्वि राई समेटिएकी थिईन् । उनकै टिम महिला तर्फको फाईनलमा प्रवेश गरेको थियो । प्रशान्तको टिममा क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल सहित नायक आयुष्मान देशराज समावेश थिए ।
पारस स्वयम बास्केटबलका राम्रा खेलाडी हुन् । उनले कलेजमा छदाँ राम्रो बास्केटबल खेल्थे । एक हिसाबले उनी बास्केटबलका खेलाडीनै थिए । शनिबार राखेपको कभर्डहलमा बनाईएको बास्केटबल कोर्टमा उत्रदै गर्दा पारसले प्रभाव छाड्न सफल भए ।
खेलमा पारसको टिम ४५–३१ स्कोरले विजयी बनेको थियो । पहिलो सेट १६–१६ को बराबरी खेलपनि दोस्रो खेलमा पारसको टिमले २९–१५ को सेटको जित निकाल्यो ।