एजेन्सी । माईकल कोलन्सिन दुर्घटनामा परि पक्षघातको शिकार भए ।
चर्चित रग्बी खेलाडि कोलिन्सन एकै रातमा पक्षघातका कारण हलचल गर्नबाट बञ्चित हुनुप¥यो ।
मेरुदण्ड सम्बन्धी समस्या र गर्धनको नशामा समस्याका कारण थला परेपनि पुनर्जिवित भएको उनको विश्वास छ ।
५८ वर्षिय कोलन्सिनले कयौं रात कार दुर्घटनामा किन बाँचे होला भन्दै बिताए ।
पिडा, मानसिक तनाव र आत्महत्याका सोच नआएको होईन । शारिरिक सिमिततालाई सकारात्मक शक्तिबाट आफ्नो रग्बीप्रतिको लगावले कोलन्सिनको जिवनलाई नयाँ मोड ल्याएको छ ।
स्वाजिल्याण्डमा कोलन्सिनले स्वाजिल्याण्ड किड्स रग्बी मिशन स्थापना गरेको १० वर्ष भएको छ ।
जसले एचआईभी र एड्सबारे विद्यार्थीलाई खेलाउदै सचेत समेत बनाउने गर्छ ।
रग्बीको बल पास गर भाईरस होईन–नारा, स्वाजिल्याण्डका ६ सय ५० विद्यालयमा पुगेको छ ।
एकिकृत कक्षामार्फत हरेक दिन ६ सय बालबालिकालाई सो च्यारिटिले सहभागी गराउनेछ ।
सम्मान, अनुशासन, ईमान्दारिता रग्बी खेलको प्रमुख भावना रहेको सो सहयोग कार्यक्रमले वकालत गर्दै आएको छ ।
११ लाख जनसंख्या रहेको स्वाजिल्याण्डमा २ लाख २२ हजार जनसंख्या एचआईभी संक्रमित रहेको संयुक्त राष्ट्रसंघको एड्स कार्यक्रमको तथ्यांक छ ।
कुल जनसंख्याको वयस्क समुहका २७ प्रतिशतमा एचआईभीको संक्रमण रहेको छ । गत १० वर्षमा स्वाजिल्याण्ड एचआईभी संक्रमणको फैलनबाट झण्डै आधाले घटेको छ ।
अझै पनि सचेतनाको आवश्यकता रहेकाले खेलले समाज परिवर्तनमा ठुलो भुमिका खेल्न सक्ने कोलन्सिनले प्रमाणित गरेका छन् ।
उनी अझै पनि केन्या र कोत्सवानामा सचेतना फैलाउन चाहन्छन् ।
पक्षघातले जिवनको उद्धेश्य पत्ता लगाउने प्रयास गरेका यि बेलायती युवाले जिवनको अर्थ पत्ता लगाएको स्मरण गर्छन् ।
(सीएनएनबाट)