काठमाडौँ । अन्न पानीको जीवन न हो, शरिरलाई फिट र तन्दुरुस्त नराखे रोगले सताउँछ । खेलाडी जीवनमा त अझ बढी शरीरको बिशेष ख्याल गर्न जरुरी छ ।
चोट कसैलाई खबर गरेर त आउँदैन र यसबाट सधै बच्न पनि सकिदैन । तर चोटको असर न्युनिकरण गर्न पक्कै सकिन्छ ।
खेल खेल्नुअघि शरीरको मासु क्रियाशिल गराउन र खेल सकिएपछि पुर्व अवस्थामा ल्याउन आवश्यक छ ।
यसको पालना नगर्दा खेल मैदानमा खेलाडीलाई चोट लाग्ने प्रबल सम्भाबना रहन्छ ।
खेल नभएको दिन पनि खेलाडीले जिम तथा शारिरिक ब्यायाम गर्न जरुरी छ । खेलाडीलाई सामान्य मानिसको भन्दा धेरै मात्रामा हेरचाह चाहिन्छ । खेलाडीले खाना, पानी, ब्यायाम, उपयुक्त पोषण आदि कुरामा सधै ध्यान पुर्याउनुपर्छ ।
खेलाडीको फिटनेस र खानपानमा हेरचाह गर्ने र गराउने काम फिजियोथेरापिस्टको हो ।
फिजियोथेरापिस्टले हरेक खेलाडीको खेल्ने शैली अनुसार खानाको तालिका र ब्यायाम गराउने गर्छन् । ब्याट्सम्यान र बलरले गर्ने ब्यायाम र डाइटमा फरक फरक शैली हुनछ ।
हामीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियो तथा राष्ट्रिय खेलकुद परिषदका (राखेप) का फिजियोथेरापिस्टको बिक्रम न्यौपानेसंग खेलाडीको फिटनेसको बारेका कुराकानी गरेका छौं ।
भिडियोमा हेर्नुहोस :