काठमाडौं । लुम्बिनी कलेज र काठमाण्डौं नर्थपोल बास्केबल क्लबले(केएनपी) एभरेष्ट वल्र्ड थ्री वाई थ्री बास्केबल प्रतियोगिताको उपाधि जितेका छन् ।
शुक्रबार भएको महिलातर्फको फाईनल खेलमा लुम्बिनीले इन्साईट भिजनलाई १४–१० को स्कोरमा हराउउदै च्याम्पियन बन्यो । फाईनल खेलमा महत्वपूर्ण ८ स्कोर गरेकी लुम्बिनीकी अमिसा घले उत्कृष्ट खेलाडी भईन् ।
त्यस्तै पुरुषतर्फ प्रसन्न तामाङ्गको उत्कृष्ट प्रदर्शनमा केएनपीले इन्फ्यान्ट क्लबलाई १६–१४ को स्कोरमा पराजित गदै उपाधि चुम्यो । केएनपीका प्रसन्न उत्कृष्ट खेलाडी चुनिए । उनले फाईनलमा १० स्कोर गरेका थिए ।
दुई दिने प्रतियोगिताको बिजेता खेलाडी तथा टिमलाई आयोजक स्कुलका कार्यकारी निर्देशक सर्जन बिसी लगायतले पुरस्कृत गरेका थिए ।