एजेन्सी । क्यानाडाको फ्रेन्चाईज बास्केटबल क्लब टोरन्टो राप्टोर्सले पहिलो पटक एनबीए बास्केटबल लिगको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा गोल्डेन स्टेट वारिवर्सलाई पराजित गर्दै टोरन्टोले पहिलो पटक एनबीएको उपाधि जितेको हो ।
ओरासेल एरिनामा भएको फाइनलमा टोरन्टोले दुई पटकको च्याम्पियन वारिवर्सलाई ११४-११० स्कोरले पराजित गर्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वार्टरमा टोरन्टोले ३३-३२ ले अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा पनि टोरन्टोले २७-२५ को अग्रता बनायो ।
तेस्रो क्वार्टरमा भने टोरन्टो वारिवर्ससंग ३१-२६ ले पछि परेको थियो । तर, चौंथो क्वार्टरमा २८-२२ को अग्रता बनाउँदै टोरन्टोले उपाधि आफ्नो बनायो ।
योसंगै टोरन्टो एनबीएको उपाधि जित्ने अमेरिका बाहिरको पहिलो टिम बनेको छ । टोरन्टो एनबीएको उपाधि जित्ने पहिलो क्यानेडियन टिम समेत बनेको छ ।
प्रतियोगिताको फाइनलमा टोरन्टोका काव्ही लिओनार्ड मोस्ट भ्यलुएबल प्लेयर चुनिए ।