काठमाडौं । लुम्बिनी एकेडेमिक कलेजको आयोजनामा तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान २४–२४ टिमको सहभागिता रहने लुम्बिनी कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइजमा द ग्रेट माया र गल्र्समा आयोजक लुम्बिनी डिफेन्डिङ च्याम्पियन हुन् ।
ब्वाइज÷गल्र्समा उत्कृष्ट प्रर्दशन गर्ने २–२ खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल कोइरालाले जानकारी दिए ।