काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब उमेन्स नेपाल बास्केटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको लिग चरणको अन्तिम खेलमा आईएसओ काइटसंग पराजित भएपनि पुलिसले फाइनलमा स्थान बनाएको हो ।
आईएसओले पुलिसलाई ६४-६२ ले हराएको थियो । आईएसओको जितमा विदेशी खेलाडी मेरी जोय ग्लासियाले उत्कृष्ट प्रदर्शन गरिन् । प्लेयर अफ दि म्याच बनेकी उनले २१ स्कोर गरिन् ।
जितसंगै पुलिसले ६ खेलबाट ९ अंक जोड्यो । र, पुलिसले गोल अन्तरको हेड टु हेडमा आईएसओलाई नै पछि पार्दै फाइनलमा स्थान बनाएको हो । पुलिस समूहको उपविजेता बन्दै फाइनलमा पुगेको हो । आईएसओको पनि ६ खेलमा ९ अंक रहेको थियो ।
भाट-भटेनी समृद्धि गोरिल्लाजले भने यसअघि नै शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाईसकेको छ । शनिबार भएको अन्तिम खेलमा समृद्धि साईपल बास्केटबल टिमसंग ७१-४१ ले पराजित भएको थियो ।
समृद्धिले ११ अंक जोड्यो । साईपलको ७ अंक रह्यो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।