काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले उमेन्स नेपाल बास्केटबल लिगमा तेस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा साईपल एकेडमीलाई पराजित गर्दै पुलिसले तेस्रो जित निकालको हो । पुलिसले साईपलमाथि ७१-५८ को जित निकाल्यो ।
पुलिसको जितमा अनुशा मल्लले उत्कृष्ट प्रदर्शन गरिन् । प्लेयर अफ दि म्याच बनेकी अनुशाले २० स्कोर गरिन् ।
जितसंगै पुलिसले ५ खेलबाट ८ अंक जोडेको छ । र, पुलिसले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । ५ अंक जोडेको साईपलको पनि फाइनल पुग्ने सम्भावना कायम छ ।
समृद्धि गोरिल्लाजले भने फाइनलमा स्थान बनाईसकेको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।