काठमाडौं । सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन जयराम श्रेष्ठले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा आइतबार चार अण्डर ६८ स्कोर गर्दै जयरामले पहिलो दिन अग्रता बनाएका हुन् ।
जयरामले एमेच्योर खेलाडी सुबास तामाङलाई एक स्ट्रोकले पछि बनाए । सुबासले तीन अण्डर ६९ स्कोर बनाए ।
यस्तै पहिलो दिन सुर्य प्रसाद शर्मा, कृष्ण मान राजबाहक र चुन्दा बहादुर भण्डारीले समान दुई अण्डर ७० स्कोर बनाए ।
रामे मगर, विकास अधिकारी र एमेच्योर टंक कार्कीले एक अण्डर ७१ स्कोर जोडे ।
प्रतियोगितामा ४० प्रोफेसनल र २० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २ लाख २० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ४० हजार पाउने छन् । यस्तै तेस्रोले ९५ हजार र शीर्ष २४ स्थानको खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।