काठमाडौं । टर्किस एयरलाइन्स वर्ल्ड गल्फका लागि नेपालको छनोट प्रतियोगितामा बैशाख अन्तिम साता हुने भएको छ ।
आयोजक टर्किस एयरलाइन्सले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २८ गते हुने जानकारी गराएको हो ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा १०० एमेच्योर गल्फरले भाग लिने छन् । १८ होलमा हुने प्रतियोगिता स्टेबलफोर्ड पद्धतिमा ३/४ ह्यान्डीक्यापको आधारमा हुनेछ ।
प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपमा सहभागिता जनाउन पाउने छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ ।
यस्तै उपविजेता, महिला, सिनियर, जुनियरतर्फ विजेता, क्लोजेस्ट टु द पिन, लङगेस्ट ड्राइभ, सर्वा्धिक बर्डीलगायतले ट्रफी तथा गिफ्ट ह्याम्पर पुरस्कार पाउने छन् ।