काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारबाट प्रदेश नम्बर पाँचमा सम्पन्न भयो ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णयसहित प्रदेश पाँचको नेपालगंजमा आठौं राष्ट्रिय खेलकुद सकिएको हो ।
आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको थियो । राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएका थिए । त्यसबाहेक आठौंमा ७ प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आठौं राष्ट्रियमा सर्वाधिक पदक तीन विभागीय टोलीले जित्यो । त्रिभुवन आर्मी टिम च्याम्पियन बन्दा नेपाल पुलिस दोस्रो र एपीएफ तेस्रो स्थानमा रह्यो ।
राष्ट्रिय खेलकुद हरेक २ बर्षमा गर्नेगरी बिस २०३८ सालबाट सुरु भएको थियो । तर, केहि संस्करण बाहेक राष्ट्रिय खेलकुद नियमित हुन सकेन ।
काठमाडौंमा भएको पहिलो संस्करणको राष्ट्रिय खेलकुदमा नेपालका तत्कालिन १४ अञ्चलले प्रतिस्पर्धा गरेका थिए । जहाँ १६ खेलमा प्रतिस्पर्धा भएको थियो ।
पहिलो संकरणमा बाग्मती अञ्चलले ४४ स्वर्णसहित कुल १०२ पदक जितेको थियो ।
बिस २०५५ मा नेपालगंजमा सम्पन्न चौंथो राष्ट्रिय खेलकुदबाट भने विभागीय टोलीले सहभागिता जनाउन थालेको थियो ।
पछिल्लो केहि संस्करणबाट भने पदक तालिकामा विभागीय टोलीले कब्जा जमाउन थालेको छ । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोलीका खेलाडी सामु अन्य टोलीका खेलाडीले उच्च प्रदर्शन गर्न सकिरहेको छैन ।
पहिलो देखि आठौं संस्करणको राष्ट्रिय खेलकुद सकिदा को-को च्याम्पियन बन्यो त ? आठौं संस्करणको पदक तालिका हेर्नुहोस् ।