काठमाडौं । दोस्रो संस्करणको लुम्बिनी इन्स्योरेन्स आमन्त्रण गल्फ प्रतियोगितामा हुने भएको छ ।
आयोजक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा शुक्रबार र शनिबार आयोजना हुने जानकारी गराएको छ ।
दुई दिने प्रतियोगिता रोयल नेपाल गल्फ कोर्षमा हुनेछ । स्टेबल फोर्ड ३/४ ह्याण्डीक्याम्पको आधारमा संचालन हुने प्रतियोगिता १८ होलको हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि ९० खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष विजेता, उपविजेता, ग्रस विजेता र महिला विजेता, उपविजेतालाई पुरस्कृत गरिने छ ।
यस्तै सिनियर विजेता, जुनियर विजेता, मस्ट बर्डीज,लन्गेष्ट डाइभ, क्लोजेस्ट टु दि पिन र बेष्ट स्पोर्ट्सम्यानसिपलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।