काठमाडौं । टासी डोङले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार माधब सिम्खडालाई काउन्ट ब्याकको आधारमा हराएर टासीले उपाधि जितेका हुन् । उपाधिसंगै टासीले प्रिमियम जिपिएस गल्फ घडी लगायत १ लाख २० हजार बराबरको उपहार प्राप्त गरे ।
१८ होलमा स्टेबल फोल्ड फर्म्याट र ३/४ ह्याण्डीक्यापको आधारमा भएको प्रतियोगितामा टासीले ६ बर्डिजसहित ३९ अंक जोडे । संगम केसीले तेस्रो स्थान हासिल गरे ।
यस्तै कल्याणी मोक्तानले महिलातर्फको उपाधि जित्दा गोपाल चित्रकारले सिनियर बिजेता (६० वर्ष माथि) , सद्भाव आचार्यले जुनियर बिजेता (१७ वर्ष मुनी) र समिर आचार्यले हुन्डाई ओनर्सतर्फको उपाधि जितेका छन् ।
यस्तै टासी छिरिङले बेस्ट ग्रोस, साम डोब्लार्डले लङगेस्ट ड्राइभ, गौरव साहले क्लोजेस्ट टु पिन र टासी डोङले मोस्ट बर्डिजको उपाधि जिते ।
हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको प्रतियोगितामा १०८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई नेपालका लागि कोरियाका राजदुत पार्क योङ सिक, लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरीद घिमिरेले पुरस्कृत गरे ।