विश्वकप फुटसलमा नेपालको पहिलो प्रतिद्वन्दी क्यानडा
आइतबार, २६ फाल्गुण २०७५खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडाको सामना गर्ने भएको छ ।
आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो । तालिका अनुसार समूह 'डी' मा रहेको नेपालले क्यानडासंग अप्रिल १ मा खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासंग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससंग खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)



-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)
