माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

काठमाडौं। साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो संस्करणमै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी हलमा आइतबार सम्पन्न अन्तिम खेलमा माल्दिभ्सलाई १४–२ गोलले फराकिलो अन्तरमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो।
राउन्ड रोबिन लिगको ६ खेलमध्ये ५ जित र एक बराबरीसहित बंगलादेशले १६ अंक जोड्दै शीर्ष स्थान हासिल गर्यो। दोस्रो स्थानमा रहेको भुटानले अन्तिम खेल जिते पनि ११ अंकमै सीमित रह्यो।
प्रतियोगितामा बंगलादेशको एकमात्र बराबरी खेल भुटानविरुद्ध ३–३ को नतिजामा सकिएको थियो। त्यसबाहेक भारतलाई ३–१, नेपाललाई ३–०, श्रीलंकालाई ६–२, पाकिस्तानलाई ९–१ र अन्तिम खेलमा माल्दिभ्सलाई १४–२ ले पराजित गर्दै टोलीले वर्चस्व देखाएको हो।
अन्तिम खेलको सुरुआतमा भने माल्दिभ्सले अग्रता लिएको थियो। चौथो मिनेटमा सानिया इब्राहिमले गोल गर्दै माल्दिभ्सलाई अघि बढाइन्। तरm त्यसपछि कप्तान सबिना खातुनको नेतृत्वमा रहेको बंगलादेशले जबरजस्त पुनरागमन गर्यो।
सबिनाले दुई उत्कृष्ट फ्रिकिक गोल गर्दै पहिलो हाफमै टोलीलाई ६–१ को अग्रतामा पुर्याइन्। यस अवधिमा कृष्णा रानी, लिपि आक्तार र नौशिन जहानले पनि गोल गरे।
दोस्रो हाफमा पनि बंगलादेशको आक्रमण रोकिएन। सबिनाले ह्याट्रिकसहित चार गोल पूरा गरिन्। मात्सुशिमा सुमैया, निला र लिपि आक्तारले थप गोल गर्दा स्कोर एक समय १६–१ सम्म पुगेको थियो। अन्त्यतिर माल्दिभ्सले एक गोल फर्काए पनि बंगलादेशको जितमा कुनै असर परेन।












-1769342021407.jpeg&w=3840&q=75)


