पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार
शुक्रबार, २५ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार गरेको छ।
फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा उक्त स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल ११०औं स्थानमा पुगेको छ। नेपालले २६ जनावरी २०२६ मा बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको थियो।
उक्त प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको महिला टोली भने ९१औं स्थानमा यथावत् छ। नेपालले पहिलोपल्ट फुटसलमा महिला टोली बनाउँदै साफ च्याम्पियनसिप खेलेको थियो।











-1787661904658.jpeg&w=3840&q=75)



