काठमाडौं । भुवन कुमार रोक्काले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको दोस्रो दिन अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार ३ अण्डर ६५ स्कोर जोड्दै कुल ४ अण्डर १३२ स्कोरसहित शीर्ष स्थान कब्जा गरेका हुन् । भुवनले सुबास तामाङमाथि एक स्ट्रोकको अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रहेका सुबासले कुल ३ अण्डर १३३ स्कोर बनाए ।
दिपक मगर १ अण्डर १३५ स्कोरसहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै पाँच प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ,सुर्य प्रसाद शर्मा,रामे मगर,प्रदीप कुमार लामा,रबि खड्का र एमेच्योर खेलाडी बिनोद तामाङले इभन पार १३६ स्कोरसहित संयुक्त चौथो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले ८४ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५३ हजार र तेस्रोले ३७ हजार प्राप्त गर्ने छन् । त्यसबाहेक शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पाउने छन् ।