काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको पहिलो दिन चार खेलाडीले संयुक्त रुपमा अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार प्रोफेसनल गल्फर संजय लामा, जयराम श्रेष्ठ,राम कृष्ण श्रेष्ठ र एमेच्योर खेलाडी विनोद लामाले संयुक्त अग्रता बनाएका हुन् । पहिलो दिन चारै खेलाडीले २ अण्डर ६६ स्कोर बनाए ।
यस्तै भुवन कुमार रोक्का,दिपक मगर,साबिकको विजेता भुवन नगरकोटी, बिष्णु केसी, रामे मगर र सुबास तामाङले समान एक अण्डर ६७ स्कोर बनाएका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले ८४ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५३ हजार र तेस्रोले ३७ हजार प्राप्त गर्ने छन् । त्यसबाहेक शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पाउने छन् ।