सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

आफैंलाई हराएको जर्मनी

मंगलबार, १६ असार २०८३खेलपाटी संवाददाता
आफैंलाई हराएको जर्मनी
Loading ad...
mustang rice ad

खेलमा सुरुआती गोल खाएपछि जर्मनीले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। दोस्रो हाफमा टोलीले आक्रमणको तीव्रता पनि बढायो।

तर‚ लगातार भएका गल्ती, योजनाको असन्तुलन र अवसरको सदुपयोग गर्न नसक्दा गोल संख्या बढ्न सकेन। अन्ततः खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ पाराग्वेविरुद्ध जर्मनीको कमजोरी अझ स्पष्ट देखियो। पूरै १२० मिनेटभर देखिएका यही कमजोरीह अन्ततः विश्वकपबाट जर्मनीको बिदाइको कारण बने।

खेलको विश्लेषण गर्दा सबैभन्दा पहिले जर्मनीको अव्यवस्थित रक्षापंक्ति नै नजरमा पर्छ। खेलको पहिलो गोलमा जुलियो एनसिसो कुनै पनि डिफेन्डरको निगरानीबिना हेडमार्फत गोल गर्न सफल भए।

download - 2026-06-30T112123.061

यही एक घटनाले जर्मनीको डिफेन्सको पोजिसनिङ, मार्किङ र एकाग्रतामाथि गम्भीर प्रश्न उठायो। लगातार १० खेलमा गोल खाएको तथ्यले पनि रक्षात्मक कमजोरीलाई पुष्टि गर्छ।

मिडफिल्डमा पनि जर्मनीले पहिलेजस्तो नियन्त्रण कायम राख्न सकेन। बल आफ्नो नियन्त्रणमा भए पनि त्यसलाई प्रभावकारी आक्रमणमा रूपान्तरण गर्न टोली असफल रह्यो।

रक्षाबाट आक्रमणतर्फको ट्रान्जिसन निकै सुस्त भएकाले पाराग्वेले सहजै आफ्नो रक्षात्मक संरचना मिलाउन सफल भयो। केही राम्रा अवसर सिर्जना भए पनि अन्तिम क्षणमा सही निर्णय लिन नसक्दा जर्मनीका धेरै आक्रमण निष्प्रभावी बने।

प्रारम्भिक टोली छनोटलाई लिएर पनि प्रश्न उठेको छ। सुरुआती ११ खेलाडीमा गरिएको परिवर्तनले अपेक्षित प्रभाव पार्न सकेन। त्यसको असर आक्रमण र टोलीको समग्र सन्तुलनमा स्पष्ट देखियो। दोस्रो हाफमा परिवर्तन गरेर केही गति फर्किए पनि त्यसबेलासम्म खेलको पूर्ण नियन्त्रण जर्मनीको हातमा आइसकेको थिएन।

download - 2026-06-30T112133.916

अतिरिक्त समयमा जर्मनीलाई सबैभन्दा ठूलो झट्का भीएआरको निर्णयबाट लाग्यो। जोनाथन ताहको सम्भावित विजयी हेडर अफसाइडका कारण रद्द भएपछि टोलीको मनोबल कमजोर भयो। यही क्षणले खेलको मनोवैज्ञानिक पक्ष पूर्ण रूपमा परिवर्तन गरिदियो। त्यसपछि चार पटकको विश्व च्याम्पियन जर्मनीले संघर्ष जारी राखे पनि निर्णायक आक्रमण गर्न सकेन।

अन्ततः पेनाल्टी सुटआउटमा जर्मनीको परम्परागत बलियो पक्ष नै कमजोर साबित भयो। सामान्यतया पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्ने टोली यसपटक दबाब सामना गर्न असफल रह्यो। महत्त्वपूर्ण प्रहार चुक्दा जितको अवसर पनि हातबाट फुस्कियो। यसरी पाराग्वेविरुद्ध जर्मनी भाग्यका कारण होइन, आफ्नै कमजोरीका कारण विश्वकपबाट बाहिरिन बाध्य भयो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल

Loading ad...
xTreme Energy Drink
मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक