नकआउट चरणमा स्थान सुरक्षित गर्ने दौडमा जर्मनी र आइभरी कोस्ट
-1781868374551.webp&w=3840&q=75)
टोरन्टोस्थित बिएमओ फिल्डमा जर्मनी र आइभरी कोस्टबीच हुने विश्वकप २०२६ को खेल नकआउट चरणमा स्थान सुरक्षित गर्ने दौडमा निर्णायक साबित हुन सक्छ।
दुबै टोलीले आफ्नो विश्वकप अभियान जितका साथ सुरुआत गरेका छन्। अहिले यी दुई तालिकाको शीर्ष दुईमा छन्।
जर्मनीले प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो। कुराकाओ ७–१ को नतिजामा पराजित भयो।
-1781868382943.webp)
ह्युस्टन रंगशालामा क्याराबियन टापुले चारपटकको च्याम्पियन जर्मनीविरुद्ध खेलको २१औं मिनेटमा बराबरी गोलको खुसी मनाएको थियो। मिडफिल्डर लिभानो कोमेनेन्सियाले कुराकाओका लागि ऐतिहासिक पहिलो गोल गरे।
यो गोलले पाँच हजार घरेलु समर्थकबीच कुराकाओले छोटो समयका लागि भएपनि जर्मनीलाई अपसेटको आभास दिलाएको थियो।
त्यसअघि लिभानोअघि मिडफिल्डर फिलिक्स एनमेचाले जर्मनीलाई छैटौं मिनेटमै अग्रतामा ल्याएका थिए। फिफा वरीयतामा ८२औं स्थानमा रहेको कुराकाओ मात्र एक लाख ५० हजार जनसंख्या भएको सानो टापु हो। बराबरीको नतिजाले पनि आजको दिन विश्वकप इतिहासकै ‘बिगेस्ट अपसेट’ हुने थियो।
-1781868396495.webp)
तर, हाइड्रेसन ब्रेकले जर्मनीलाई केही फाइदा पुग्यो। जर्मनीले तुरुन्तै लय समात्यो र दोस्रो हाफमा जाँदै गर्दा ३–१ को अग्रता बनायो। स्ट्राइकर काय हाभाट्र्जले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे। त्यसअघि ३८औं मिनेटमा सेन्टरब्याक निको श्लोटरबेकले हेडरमार्फत कर्नर बललाई जाली चुमाउँदा जर्मनीले २–१ को अग्रता लिएको थियो।
दोस्रो हाफमा अट्याकिङ मिडफिल्डर यमाल मुसियाला, लेफ्टब्याक न्याथनियल ब्राउन र वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर डेनिज उन्डभले गोल गरेपछि जर्मनी सहज जितको हकदार बन्यो।
-1781868407936.webp)
यसबीच जर्मनी विश्वकप इतिहासमै सबैभन्दा धेरै गोल गर्ने सूचीमा शीर्ष स्थानमा पनि उक्लियो। जर्मनीले आफ्नो गोल संख्यालाई २३९ पुर्याएको छ। जुन ब्राजिलभन्दा एक गोलले बढी हो। जर्मनीले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा पराजय बेहोरेको छैन। १०मध्ये ९ खेलमा जर्मनीले कम्तिमा पनि दुई गोल गरेको छ।
तर, टोलीमा डिफेन्सिभ लाइनको चिन्ता अझै छ। किनभने सन् २०१४ को फाइनल खेलयता टोलीले विश्वकपमा ‘क्लिनसिट’ राख्न सकेको छैन।
आइभोरी कोस्टले अघिल्ला दुई संस्करण गुमाएपछि विश्वकपमा सानदार पुनरागमन गरेको छ। अफ्रिकी टोलीका लागि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर अमाद डियालोले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे।
-1781868421838.webp)
डियालो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। १२ वर्षपछि आइभोरी कोस्टलाई विश्वकपमा जित दिलाउन डियालोले लेफ्ट फुटेड प्लेसमेन्टमार्फत गोलकिपर हेर्नान गालिन्डेजलाई बिट गरे।
उक्त जितसँगै एमर्स फेको टोली लगातार चौथो जितको लयमा पुगेको छ। विश्वकपअघि फ्रान्सलाई मैत्रीपूर्ण खेलमा पराजित गरेसँगै टोलीमा आत्मविश्वास बढेको बुझ्न सकिन्छ। यही कारण अन्डरडग भए पनि आइभरी कोस्टले जर्मनीलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।
यद्यपि, इतिहास हेर्ने हो भने विश्वकपमा आइभरी कोस्टले युरोपियन टोलीहरुसँग संघर्ष गर्नुपरेको छ। चारमध्ये एक खेलमा मात्र नतिजा आइभरी कोस्टको पक्षमा आएको छ। उता जर्मनीले भने ठूलो मञ्चमा एकैपटक मात्र अफ्रिकन राष्ट्रसँग हार बेहोरेको छ।











-1787661904658.jpeg&w=3840&q=75)



