‘अन्डरडग’ इजिप्ट
-1781511030731.webp&w=3840&q=75)
विश्वकपको समूह ‘जी’ अन्तर्गतको सोमबार हुने उद्घाटन खेलमा इजिप्टले बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दैछ।
यो खेलमा लिभरपुलका पूर्वस्टार मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्टलाई ‘अन्डरडग’ मानिएको छ। यता, केभिन डी ब्रुएनाको कप्तानीमा रहेको बेल्जियमलाई जितको दाबेदारका रूपमा हेरिएको छ।
इजिप्टले हालसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन। सात खेल खेलेको इजिप्टले एकपटक मात्र अग्रता लिएको इतिहास छ। तर ‘फेराओस’ उपनामले चिनिने इजिप्टेली टोली यसपटक आफूलाई कमजोर नठान्न आग्रह गरिरहेको छ।
-1781511068106.webp)
सलाहसँगै इजिप्टको आक्रमणपंक्तिमा म्यानचेस्टर सिटीका फरवार्ड ओमार मार्मुश पनि छन्। सलाह र मार्मुशको जोडीले बेल्जियमका प्रशिक्षक रुडी गार्सियाको ध्यान तानेको छ। गार्सियाले रोमा क्लबमा प्रशिक्षण दिँदा सलाहसँग काम गरेका थिए।
‘उनीहरूसँग सलाह र मार्मुश मात्र होइन, अन्य धेरै गुणस्तरीय खेलाडी पनि छन्,’ गार्सियाले भने, ‘यो टोली सधैं लड्न तयार रहन्छ र सम्मान गर्नुपर्ने टोली हो।’ इजिप्टका प्रशिक्षक होसाम हसन खेलअघि आत्मविश्वासी देखिएका छन्।
इजिप्टका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हसनले सन् १९९० मा अल्जेरियाविरुद्ध निर्णायक गोल गर्दै इजिप्टलाई विश्वकपमा पुर्याएका थिए। उनले यसपटक टोलीको लक्ष्य समूह चरण पार गरेर नकआउट चरणमा पुग्नु रहेको बताए।
-1781511075679.webp)
‘हामी विश्वकपमा चारपटक मात्र सहभागी भएकाले धेरैले हामीलाई कमजोर ठान्छन्,’ हसनले भने, ‘तर, अहिले हाम्रोसँग यस्तो पुस्ता छ, जो यहाँ हुन योग्य छ।’ यद्यपि, सिएटलमा हुने खेलमा स्थानीय समयअनुसार दिउँसोको गर्मी र बेल्जियमको बलियो टोलीका कारण इजिप्टलाई कठिन चुनौती सामना गर्नुपर्नेछ।
बेल्जियमसँग केभिन डी ब्रुएना, गोलरक्षक थिबो कोर्टुवाजस्ता अनुभवी खेलाडीका साथै जेरेमी डोकुजस्ता युवा प्रतिभा पनि छन्। ‘बेल्जियम स्टार खेलाडीहरूले भरिएको उत्कृष्ट टोली हो,’ हसनले भने, ‘म उनीहरूको क्षमताप्रति पूर्ण सम्मान व्यक्त गर्छु।’
तर, इजिप्ट आशावादी देखिन्छ। यसअघि बेल्जियमसँग खेलेका चार मैत्रीपूर्ण खेलमध्ये तीनमा इजिप्ट जित निकालेको थियो।
-1781511088412.webp)
‘हामी इतिहास दोहोरियोस् भन्ने चाहन्छौं,’ हसनले भने। सन् २०२२ को कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको बेल्जियम यसपटक त्यस्तो निराशाजनक प्रदर्शन दोहोरिन नदिने दबाबमा छ। २०१८ को रसिया विश्वकपमा बेल्जियम तेस्रो स्थानमा पुगेको थियो।
बेल्जियमका लागि सबैभन्दा ठूलो चुनौती सलाहलाई रोक्नु हुनेछ। लिभरपुलमा आफ्नो अन्तिम सिजन अपेक्षाअनुसार नरहे पनि सलाहले विश्वकप छनोटका ६ खेलमा ९ गोल र ३ असिस्ट गरेका थिए।
‘सलाह निस्सन्देह महत्त्वपूर्ण खेलाडी हुन्,’ हसनले भने, ‘तर, हाम्रो टोलीमा सबै खेलाडी महत्त्वपूर्ण छन्।’





-1785838174487.png&w=3840&q=75)




-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)



