रवाफ घट्दै गएको बेल्जियम
-1781449566551.webp&w=3840&q=75)
काठमाडौं। सन् २०१८ मा बेल्जियम कागजमा प्रतियोगिताकै बलियो टोली थियो। इडन हाजार्ड, केभिन डी ब्रुएना, रोमेलु लुकाकु, टिबो कोर्टुवासम्मिलित ‘गोल्डेन जेनेरेसन’ त्यति बेला च्याम्पियन फ्रान्ससँग निराश बन्यो।
तर, ८ वर्षको अन्तरालमा बेल्जियमको त्यो रवाफ घट्दै गएको छ। यसपालि पनि टोलीले केही उपलब्धि हासिल नगर्ने हो भने एउटा सुनौलो पुस्ता खेरा जानेछ। यद्यपि, टोलीमा अहिले ४–५ खेलाडी मात्र बाँकी छन्। यस्तोमा बेल्जियमलाई ‘एभरेज’ टोली भन्दा फरक पर्दैन।

गत संस्करण बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। त्यसपछि क्रोएसिया र मोरक्कोविरुद्ध बेल्जियमले गोल गर्न सकेन। योसँगै टोलीले चार अंक मात्र जोड्न सक्यो र समूहको तेस्रो भयो।
बेल्जियमका लागि त्यो ‘अर्ली एक्जिट’ एकदमै पीडादायी थियो। किनभने क्रोएसिया ‘भेट्रान स्क्वाड’ लिएर कतार पुगेको थियो। त्यस्तै मोरक्कोले १९९९ यता विश्वकपमा कुनै पनि खेल जितेको थिएन।
रसिया विश्वकपमा सेमिफाइनल पुग्नुबाहेक विश्व प्रख्यात खेलाडीहरूले भरिएको बेल्जियम युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म मात्र पुग्न सफल भयो।
-1781449616450.webp)
यसपालि रुडी गार्सियाको बेल्जियमसँग सम्भवतः ‘गोल्डेन जेनेरेसन’बाट नतिजा निकाल्ने अन्तिम अवसर छ। विश्वकप छनोट प्रतियोगितामा बेल्जियमले सम्भावित २४ मा १८ अंक जोड्दै समूह विजेताको हैसियतमा अमेरिकाको टिकट काटेको हो। यसबीच टोलीले २९ गोल गर्दा ७ गोल खायो।
विश्वकपमा छनोट भइसकेपछि बेल्जियमले चार मैत्रीपूर्ण खेल खेल्यो। चारमध्ये तीनमा टोलीले विजयी हासिल गर्यो। बेल्जियमसँग हार्ने टोलीमा थिए, अमेरिका, क्रोएसिया र ट्युनिसिया। यी चार खेलमा टोलीले १३ गोल गर्दा मात्र तीन गोल खाएको थियो।
-1781450207575.webp)
अनुभवी गोलकिपर कोर्टुवा पहिलो रोजाइबाटै खेल्ने अपेक्षा गर्न सकिन्छ। उनलाई सेन्टर ब्याक आर्थर थिएट र नाथन न्गोयले साथ दिने अनुमान गरिएको छ। एस्टन भिल्लामा सानदार सिजन बिताएका योरी टिलिमन्स मिडफिल्डमा देखिनेछन्। उनलाई क्लब सहकर्मी अमादु ओनानाले साथ दिनेछन्।
अट्याकिङ मिडफिल्डरमा नापोलीबाट राम्रो सिजन नरहे पनि ब्रुएनाको विकल्प छैन। उनलाई जेरेमी डोकु र लियान्ड्रो ट्रोसाडले फ्ल्यान्कमा साथ दिनेछन्। नम्बर ९ रोलमा लुकाकुले पहिलो रोजाइबाट खेल्ने अनुमान गर्न सकिन्छ।





-1785838174487.png&w=3840&q=75)




-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)



