शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

शनिबार, ०९ फाल्गुण २०८२खेलपाटी संवाददाता
रोमानियाको क्रिकेट टिमका नेपाली बलर
Loading ad...
mustang rice ad

आश्मा राई

काठमाडौं । जोशक खड्काका लागि क्रिकेट जिन्दगी जस्तै भयो । क्रिकेटर बन्ने सपना धेरैले देख्छन्, कमैले मात्र जीवन समर्पण गर्ने आँट गर्छन् । जोशक तिनै मध्यका एक पात्र हुन् । जसले क्रिकेटर बन्न आफ्ना सम्पुर्ण सपना र रहर त्यागे । क्रिकेटलाई जीवन माने । उनी आज रोमानियाको राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण सदस्य बनेका छन् ।

जोशक खड्काले सानैदेखि क्रिकेट हेर्ने गर्थे, विशेषगरी विश्वकप। क्रिकेटर नै बन्नुपर्छ भन्ने स्पष्ट सोच भने थिएन। गाउँमा साथीसँग खेलिने टेनिस बलको क्रिकेटनै उनको सुरुवात थियो। सन् २०१७ मा पहिलो पटक उनले ड्युस बल समाते। त्यो बेला बल इन–स्विङ, आउट–स्विङको ज्ञान थिएन, केवल ‘बल फाल्ने’ कुरा थाहा थियो।

इनरुवा वडा कप खेल्ने क्रममा स्थानीय विज्ञान गोश्यामीबाट प्रेरित जोशकले ट्रायल दिए र छनोटमा परे। सन् २०१७ तिर सम्पन्न इनरुवा वडा कप टी–२० प्रतियोगितामा नितेश कार्कीको कप्तानीमा खेलेका खड्काले ३ खेलमा ९ विकेट लिए। टिमले एक खेल पनि जित्न नसके पनि उनको प्रदर्शनले सुनसरी जिल्ला क्रिकेट संघको ध्यान तान्यो।

वडा कपपछि सुनसरी जिल्लाका लागि उनलाई ट्रायलमा बोलाइयो। सन् २०१८ मा उनी पहिलो पटक सुनसरी जिल्ला टोलीमा परे, यद्यपि खेल्ने अवसर भने पाएनन्। तर अनुभव बटुल्ने मौका पाए।

टेनिस बलमा राम्रो प्रदर्शन गरिरहेका खड्कालाई गोश्यामीले ड्युस बलमै ध्यान दिन सुझाए। त्यसपछि उनी निरन्तर ड्युस क्रिकेटमा सक्रिय भए र क्रमशः कोशी प्रदेश टोलीसम्म पुगे।

२०७७ सालमा कोशी प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने अवसर मिल्यो। तर दुर्भाग्यवश, पहिलो खेलमै उनलाई चोट लाग्यो। पहिलो पटक स्पाइक जुत्ता लगाएर खेल्दा खुट्टाको नङनै खसेपछि चार दिनसम्म उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे। एपीएफविरुद्धको डेब्यु खेलमा असहज अवस्थामै उनले ५ ओभर बलिङ गरे। प्रदर्शन सामान्य रह्यो र त्यसपछि उनी टोलीबाट बाहिरिए।

त्यतिबेला उनलाई सहज भइरहेको थिएन। उनले सुरुको चार ओभर जुत्ता परिवर्तन गर्दै बलिङ गरेको अनुभव सुनाउँछन्। उनी सम्झन्छन्, ‘अन्तिम ओभर गरी ५ ओभर बलिङ गरे । मेरो डेब्यु थियो, मैले राम्रो नगरेर ड्रप गरेको पनि हुन सक्छ वा चोट लागेर पनि हुन सक्छ।’

प्रदेश टोलीमा सिद्धान्त लोहनीको कप्तानीमा फिर्दोश अन्सारी, मिनास थापा (दिवंगत), दिपेश कँडेल जस्ता खेलाडीसँग खेलेका खड्काले बिस्तारै जिल्ला र प्रदेश दुवै स्तरमा अवसर पाउन छोडे। छनोटसम्म पुगे पनि अन्तिम टोलीमा अटाउन नसक्दा बिस्तारै उनको मनमा चिसो पस्न थाल्यो । अब नेपालमा क्रिकेट खेल्न नपाइने भयो भन्ने कुराले उनलाई झस्काई रहन्थ्यो।

नेपालमा क्रिकेटमा भविष्य देख्न कठिन भएपछि खड्काले विदेश जाने निर्णय गरे। ‘नेपालमा केही भएन, विदेशमा केही हुन्छ कि’ भन्ने झिनो आशासहित उनले रोमानिया क्रिकेट एसोसिएसनमा सन्देश पठाए। ‘रोमानिया आएपछि खबर गर्नु’ भन्ने जवाफ आयो । उनले सबै बन्दोबस्त मिलाएर रोमानिया पुुग्ने निर्णय लिए ।

रोमानिया पुगेको भोलिपल्टै माइनस २ डिग्रीको चिसोमा ट्रायल भयो। सात जना विदेशी खेलाडीमध्ये उनी एक्ला नेपाली थिए। भारतीय र पाकिस्तानी खेलाडीहरूमाझ उत्कृष्ट प्रदर्शन गरेपछि दुई वटा क्लबको प्रस्ताव आयो। त्यसपछि उनी बुखारेष्ट ग्लाडियटर्स क्लबबाट टी–१० क्रिकेट खेल्न थाले।

करिब १५–१६ म्याच खेलेपछि उनी रोमानिया राष्ट्रिय टोलीको नजरमा परे। हाल भने उनी फिनिक्स क्रिक्रेट क्लब (फिनिक्स सीसी) बाट खेलिरहेका छन्।

जोशक खड्काले सन् २०२३ जुलाई १ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट रोमानिया राष्ट्रिय टोलीमा डेब्यु गरे। यद्यपि त्यो खेल आईसीसी अन्तर्गत थिएन। त्यसपछि उनले क्रोएसिया, स्लोभाकिया, अष्ट्रिया, पोर्चुगल, माल्टा ,रिपब्लिक, लक्जमबर्ग लगायत देशहरूसँग टी–१० खेल खेले।

आईसीसी नियमअनुसार विदेशी खेलाडीले राष्ट्रिय टोलीबाट आधिकारिक खेल खेल्न कम्तीमा ३ वर्षको अवधि पूरा गर्नुपर्छ। तीन वर्षसम्म निरन्तर फर्ममा रहेर आफ्नो प्रदर्शन देखाउनु पर्ने हुन्छ। तीन वर्षे त्यो लामो र कठिन यात्रालाई पार गर्दै खड्काले सन् २०२५ अक्टोबर १८ मा अष्ट्रियाविरुद्ध आईसीसी टी–२० खेलमार्फत रोमानियाका लागि डेब्यु गरे।

डेब्यु खेलमै ओपनिङ बलरका रूपमा ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर १ विकेट लिए। तीन खेलको सिरिजमा उनले कुल ५ विकेट लिएर आफ्नो क्षमता प्रमाणित गरे। उनले मैत्रीपूर्ण र आईुसीसी अन्तर्गतको आधिकारिक खेल खेले ।

romaniya

विदेशी भूमिमा राष्ट्रिय टोलीबाट खेल्नु सजिलो छैन। जोशक हप्तामा पाँच दिन काम गर्छन् र दुई दिन अभ्यास । प्रायः शनिबार र आइतबार म्याच हुन्छ। उनी भन्छन्, ‘सजिलो त हुँदैन, तर गरिराखेको छु। सबैभन्दा महत्वपूर्ण कुरा क्रिकेट खेल्ने सपना हो, त्यही पूरा गर्दैछु । विदेशी भूमिमा भए पनि, विदेशी जर्सीमा भए पनि।’

जोशकले विभिन्न जर्सी नम्बर लगाएका छन्। भावुक हुँदै उनी सम्झन्छन्, ‘मेरो पहिलो जर्सी नम्बर ५ हो।’ जुन उनले पहिलो पटक सुनसरी जिल्ला टोलीमा पर्दा लगाएका थिए। हाल रोमानिया राष्ट्रिय टोलीमा उनी ९ नम्बरको जर्सीमा देखिन्छन्, तर मनपर्ने नम्बर भने ७ हो।

कुनै समय अलराउन्डर रहेका खड्काको अहिलेको मुख्य ध्यान बलिङमा छ। विदेशी टोलीबाट खेल्दा पनि उनी नेपाली क्रिकेटलाई नजिकबाट पछ्याइरहेका छन्।

खेलकुदभित्रको राजनीति, अवसरको अभाव र चोटले थिचेको करियरबाट माथि उठेर विदेशी भूमिमा राष्टिय टिमसँग पुग्नु सामान्य कुरा हैन । ‘जर्सी फरक भए पनि मन त नेपालीनै रहन्छ ।’ जोशक भन्छन् ।

Loading ad...
LiNing Ad
#josak#cricketnepal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया