बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता
‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’
Loading ad...
mustang rice ad

काठमाडौं। दुई ठूला निराशाजनक हारपछि अन्ततः राहतको सास। नेपालको टी–२० विश्वकप यात्रा कहिल्यै सिधा बाटोमा चलेन।

समूह चरणको अन्तिम खेल पनि त्यस्तै उतार–चढावपूर्ण रह्यो। अन्तिममा आएर मात्र नेपालको पक्षमा टुंगिएको यो खेलले ‘कार्डियाक किड्स’ को उपनामलाई फेरि सार्थक बनायो।

मुम्बईस्थित वानखेडे रंगशाला हजारौं नेपाली समर्थकले भरिभराउ बनाएका थिए। टोलीले १२ वर्षपछि टी–२० विश्वकपमा जित दर्ता गर्दा समर्थकहरू उत्साहले झुमे।

637742011_1227644589518793_2621214015917570898_n

यो आईसीसीको मुख्य प्रतियोगितामा नेपालको पहिलो जित हो। यसअघि सन् २०१४ संस्करणको पहिलो चरणमा नेपालले दुई जित हात पारेको थियो। तर, नेपाल मुख्य चरणमा प्रवेश गर्न सकेको थिएन।

नेपालका कप्तान रोहित पौडेलले जितपछि भने,‘नेपाली क्रिकेट समर्थक हुन बलियो मुटु चाहिन्छ, किनकि हामी धेरैजसो अत्याउने खेल खेल्छौं। हामी समर्थकहरूको अनुहारमा मुस्कान फर्काउन चाहन्थ्यौं। इङ्ल्यान्डविरुद्ध राम्रो सुरुआत गरे पनि त्यसपछि हामीले निराश बनायौं। टाढाबाट यहाँ आएर समर्थन गर्नेहरूका लागि यो जित धेरै महत्त्वपूर्ण थियो।’

यसअघि नेपालले दुईपल्टको विश्वविजेता इङ्ल्यान्डसँगको खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। उक्त खेलमा चार रनले पराजित भए पनि इटाली र वेस्ट इन्डिजसँग ठूलो अन्तरले पराजित भएपछि सुपर ८ मा पुग्ने आशा धुमिल बनेको थियो।

त्यसैले स्कटल्यान्डविरुद्धको जित औपचारिक मात्र नभई भावनात्मक रूपमा पनि विशेष बन्यो।

637861035_1227554756194443_8048518013529275630_n

खेलका दुई ठूला मोड

टस जितेर बलिङ रोजेको नेपालले सुरुआती १५ ओभरमा स्कटल्यान्डलाई १ विकेटमा १३१ रन बनाउन दियो। माइकल जोन्स ७१ रनमा जमिसकेका थिए। त्यसैले खेल स्कटल्यान्डतर्फ ढल्किएको जस्तो देखिन्थ्यो।

त्यही बेला सोमपाल कामीले खेलको दिशा बदले। उनले लेग साइडतर्फ ढिलो गति (नकल बल) फ्याँक्दा जोन्स बोल्ड भए। त्यसको दुई बलपछि ब्रान्डन म्याकमुलनलाई स्लो योर्करमा आउट गर्दै आफैंले एकहाते क्याच समाते।

त्यसपछि टम ब्रुसलाई ब्याक–अफ–द–ह्यान्ड स्लोअर बलमा बोल्ड गर्दै उनले स्कटल्यान्डको लय बिगारे। विकेटपछि ध्यान मुद्रामा बसेर उनले उत्सव मनाए र रंगशाला उत्साहले गुञ्जियो।

634152362_1227643269518925_6105441526179037870_n

१३२ रनको लक्ष्य पछ्याउँदा नेपालले राम्रो सुरुआत गरे पनि बीचमा रनगति सुस्तायो। अन्तिम ६ ओभरमा ७१ रन चाहिएको अवस्थामा दीपेन्द्रसिंह ऐरी र गुलशन झामाथि ठूलो जिम्मेवारी आयो।

माइकल लिस्कको एक ओभरमा ऐरीले २० रन प्रहार गर्दै खेलको मोड फेरिदिए। डीप मिडविकेट, स्क्वायर लेग र कभर क्षेत्रतर्फ आकर्षक प्रहार गरेका उनले खेललाई जितनजिक पुर्‍याए। झाले ब्राड कर्रीलाई अतिरिक्त कभरमाथि इनसाइड आउट सट प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाए।

अन्तिम ओभरमा ४ रन आवश्यक हुँदा नेपालले कुनै गल्ती नगरी ४ बल बाँकी छँदै जित सुनिश्चित गर्‍यो। झाले हेल्मेट फुकालेर दर्शकतर्फ निहुरिँदै धन्यवाद दिए।

स्कटल्यानडका कर्रीले पनि नेपाली समर्थकको प्रशंसा गर्दै भने,‘यो मैले खेलेको सबैभन्दा ठूलो आवाज भएको खेल थियो। हामी स्कटल्यान्ड खेल्दा त पुस्तकालयमा खेलेझैं लाग्नेछ।’

634369751_1227677186182200_5791862058377705311_n

ऐरी यस प्रतियोगितामा नेपालको सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् र समग्र सूचीमा दोस्रो स्थानमा छन्। उनले चार इनिङ्समा दुई अर्धशतकसहित १६९ रन बनाएका छन्।

कप्तान पौडेलले भने,‘ऐरीले परिस्थितिअनुसार आफूलाई ढाले। समय लिएर पनि आक्रामक खेले। हामीले उनीबाट सिक्नुपर्छ।’

नेपालको चाहना टेस्ट (रातो बल) क्रिकेट खेल्ने अवसर, शीर्ष श्रेणीका टोलीसँग नियमित प्रतिस्पर्धा र प्रदर्शनमा निरन्तरता कायम राख्नेमा छ। यो प्रतियोगितामा अपेक्षाअनुसार सफलता नपाए पनि टोलीले समर्थकसँग अझ बलियो भएर फर्किने प्रतिबद्धता जनाएको छ।

स्कटल्यान्डविरुद्धको यो जितले नेपाली क्रिकेटको सम्भावनालाई फेरि उजागर गरेको छ। साथै नेपाली समर्थकको बलियो मुटु अन्ततः मुस्कानमा बदलिन सक्छ भन्ने प्रमाणित गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टी–२० आईको अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

टी–२० आईको अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित