शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

बिहिबार, १३ कार्तिक २०८२खेलपाटी संवाददाता
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालको फुटबल फेरि एक पटक संकटको मोडमा पुगेको छ। अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेको सात महिना नपुग्दै राजीनामा दिएका छन्।

उनले एन्फालाई तीन दिनअघि औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले पनि यस कुरा पुष्टि गर्दै खेलपाटीसँग भनेका छन्,‘उहाँले राजीनामा दिनुभएको छ, कारण पछि खुलाउँला।’

लगातारको खराब प्रदर्शन भइरहेको अवस्थामा रसले नेपाली टोलीलाई काँध हालेका थिए। उनी आउँदा एन्फाले यो टोलीले लय समात्ने आशा राखेको थियो। उनी गत फागुनमा मात्र मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

नियुक्तिको क्रममा रसले पत्रकार सम्मेलनमा भनेका थिए,‘म यो देशका लागि इतिहास बनाउन चाहन्छु, ठूलो सपना देखाउन चाहन्छु।’ उनले आफ्नो कुराले मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको अनुभवले पनि धेरैलाई प्रभावित पारेका थिए।

रसको फुटबल यात्रा अस्ट्रेलियाको न्युक्यासलबाट सुरु भएको हो। उनी १९७८ जनवरी ४ मा जन्मिएका थिए। उनले मेरावेदर हाइस्कूलमा अध्ययन गरे र पछि युनिभर्सिटी अफ न्युक्यासलबाट सामाजिक विज्ञान, शिक्षा र खेल प्रशिक्षण (स्पोर्ट्स कोचिङ) विषयमा अध्ययन पूरा गरे।

फुटबलप्रतिको उनको रुचि पछि पेशामा रूपान्तरण भयो। उनले फुटबल एसोसिएशन अफ आयरल्यान्डबाट यूईएफए प्रो लाइसेन्स हासिल गरे, जुन विश्व फुटबलमा सर्वाधिक उच्च कोचिङ प्रमाणपत्र मानिन्छ। रसको करिअर जर्मनीमा सुरु भएको थियो।

सन् २०१३ मा उनलाई एफएफसी फ्र्याङ्कफर्टको महिला यु–१७ टोलीको मुख्य प्रशिक्षक बनाइयो। दुई वर्षपछि उनलाई क्लबको सिनियर टोलीको जिम्मेवारी दिइयो र २०१६ मा उनले टोलीलाई युरोपियन वुमेन्स च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्‍याए। तर, फ्र्याङ्कफर्ट वुल्फ्सबर्गसँग ४–१ को एग्रिगेटमा पराजित भयो। त्यसपछि उनले स्विडेनको विट्स्यो जिआइके र चीनको महिला यु–१५ टोलीको नेतृत्व गरे।

त्यस वर्षकै अन्त्यतिर उनी दक्षिण कोरियाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बने। दक्षिण कोरियासँगको उनको कार्यकाल निकै सफल रह्यो। रसको नेतृत्वमा कोरियाली टोलीले भारतमा आयोजित २०२२ एएफसी महिला कपको फाइनलसम्मको यात्रा तय गर्‍यो। तर, टोलीले चीनसँग ३–२ को हार बेहोर्नुपर्‍यो।

त्यसपछि २०२३ मा उनले महिला विश्वकपमा जर्मनीविरुद्ध १–१ को बराबरी निकाल्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो रणनीतिक क्षमता पुन: देखाए। उनको यात्रा युरोप र एसियाका विभिन्न देश हुँदै साउदी अरबको अल कद्सिया क्लबमा पुग्यो।

उनी यु–१९ टोलीका मुख्य प्रशिक्षक बने। त्यसपछि उनले संयुक्त अरब इमिरेट्स (युएई) को युनाइटेड क्लबमा सहायक प्रशिक्षकका रूपमा काम गरे। यी अनुभवहरूले उनलाई विश्व फुटबलको विविध पृष्ठभूमिबाट अघि बढाएको थियो।

यिनै सफलताहरूका बीच रस २०२५ मा नेपाल आइपुगेका हुन्। उनीसँग एन्फाले एक वर्षको सम्झौता गरेको थियो। उनका हातमा नेपाली टोलीले नयाँ सुरुआत गर्ने आशा गरिएको थियो। पहिलो खेलमै उनले सिंगापुरविरुद्ध १–० को जित निकाल्दै सुखद् सुरुआत गरे।

तर, त्यसपछि सबै कुरा अपेक्षाअनुसार चल्न सकेन। एएफसी एसियन कप छनोटमा मलेसियाविरुद्ध २–० को हारपछि टोली पुनः पुरानै कमजोर लयमा फर्कियो। लाओस २–१ र भियतनाम ३–१ र १–० ले पराजित भएको नेपाल अंकविहीन रहँदै पुछारमा रहेर एसियन कप छनोटबाट बाहिरिइसकेको छ।

रसको नेतृत्वमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेल्यो। तीमध्ये एकमा जित हासिल गर्‍यो। दुई खेल बराबरीमा टुंगिए भने चारमा हार बेहोर्नुपर्‍यो। प्रदर्शन कमजोर रहँदा उनले केही नयाँ अभ्यासहरू पनि सुरु गरेका थिए।

खेलाडीहरूको शारीरिक तन्दुरुस्तीमा ध्यान, खेलको ट्याक्टिकल, युवा खेलाडीहरूलाई अवसर र खेलपछिको विश्लेषणको अभ्यास सबै गरे। तर, ती सबै प्रयासलाई निरन्तरता दिन आवश्यक संरचना, स्रोत र दीर्घकालीन योजना अभावमा ती सुधार स्थायी बन्न सकेनन्। नेपालमा प्रशिक्षकको भूमिकामा छोटो समय बिताए पनि रसको दृष्टिकोण फरक थियो।

उनले नेपाली फुटबललाई परिणामभन्दा अगाडि संरचना सुधारको बाटोमा लैजान चाहन्थे। तर, देशको फुटबल प्रणाली अझै अस्थिर छ, जहाँ प्रशिक्षकभन्दा बढी समस्या संघ र दीर्घकालीन सोचमा देखिन्छ। यही कारण उनका योजना कागजमै सीमित रहे। राजीनामा दिएपछि रस नेपाली फुटबलको एउटा छोटो तर प्रभावशाली अध्यायका रूपमा स्मरण रहिनेछन्।

उनी आए, टोलीमा उत्साह ल्याए, योजना बनाए, तर महिला टोलीका मुख्य पूर्वमुख्य प्रशिक्षक प्याट्रिक वाइल्ड डेजस्तै प्रणालीसँग लड्न सकेनन्। उनले एउटा सन्देश भने छोडेर गएका छन्,‘सपना देख्न डराउनु हुँदैन, तर त्यसलाई पूरा गर्न संरचना चाहिन्छ।’

नेपालले पछिल्ला वर्षहरूमा दर्जनभन्दा बढी विदेशी प्रशिक्षक देखिसकेको छ। तर, स्थायित्व भने कहिल्यै पाएको छैन। रसको यात्राले फेरि एक पटक त्यही प्रश्न उठाएको छ– समस्या प्रशिक्षकमा हो कि प्रणालीमा? यदि नेपाली फुटबलले अब पनि यही बाटो दोहोर्‍यायो भने प्रशिक्षक फेर्दैमा नतिजा फेरिने छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी