शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

नयाँ संयोजन, नयाँ अवसर

बुधबार, १२ कार्तिक २०८२खेलपाटी संवाददाता
नयाँ संयोजन, नयाँ अवसर
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोली बुधबार भारतसँग पुनः आमनेसामने हुँदैछ। यो मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

यो खेलले फिफा मान्यता नपाए पनि प्रशिक्षक नवीन न्यौपानका लागि यो ‘सिलेक्सन’ र तयारीको अवसर बनेको छ। उनी भन्छन्,‘यो खेललाई हामी सिलेक्सन म्याचका रूपमा लिएका छौं। यसले २३ सदस्यीय स्क्वाडका सबै खेलाडीलाई मैदानमा आफू प्रमाणित गर्ने अवसर दिनेछ।’

दुई दिनअघि मात्र सिलोङमा सम्पन्न त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा नेपाल, भारत र इरानले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा इरानसँग ३–० ले पराजित भए पनि भारतलाई नेपालले २–१ ले हराउँदै आत्मविश्वास बटुलेको थियो।

भारतविरुद्धको सो जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले दुई गोल गरिन्। तर, बुधबारको खेलमा उनी उपलब्ध हुने छैनन्। व्यावसायिक फुटबलका लागि उनी अस्ट्रेलिया फर्किइसकेकी छन्।

साम्बा हाल न्युजिल्यान्डको क्लब विलिङ्टन फोनिक्ससँग आबद्ध छिन्। यो क्लबले अस्ट्रेलियन महिला लिग निन्जा खेल्ने गर्छ। त्यस्तै, मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिला तुम्बापो सुब्बा पनि यो खेलमा अनुपस्थित हुनेछन्।

प्रीति अल– इत्तिहाद क्लबमार्फत जोर्डनमा व्यावसायिक फुटबल खेल्दै आएकी छन् भने अञ्जिला भारतकै सेथु एफसीसँग सम्झौता गरिसकेकी छन्।

यी तीन मुख्य खेलाडीको अभावमा प्रशिक्षक न्यौपानले टोलीमा परिवर्तन र प्रयोग गर्ने संकेत दिएका छन्। टोलीमा रहेकी फरवार्ड पूर्णिमा राई अझै मैदान उत्रिन पाएकी छैनन्। उनले साफ यु-२० महिला च्याम्पियनसिपमा सर्वाधिक १० गोल गरेकी थिइन्।

अर्को तर्फ अञ्जिला र अञ्जना रानामगरले लगातार मौका पाउँदा अर्की गोलकिपर उषा नाथ भने अझै उक्त जिम्मेवारीको पर्खाइमा छिन्। यी दुईबाहेक अन्य खेलाडी पनि टोलीमा स्थान बनाउन आतुर छन्।

तर, प्रशिक्षक न्यौपाने भने यी सबैलाई समान अवसर दिँदै जित्ने मानसिकताका साथ खेल्ने बताउँछन्। ‘यो म्याच च्यारिटी हो, तर हामी खेल जित्ने मानसिकताकै साथ मैदानमा उत्रिन्छौं। फुटबलरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा म्याच नै हो,’ उनी भन्छन्।

टोलीले लगातार यात्रा र खेलको कारण केही थकान महसुस गरेको छ। सोमबार सिलोङमा खेलेर मंगलबार मात्र सिक्किम पुगेकाले टोलीमा ‘फ्याटिक’ देखिन सक्ने अनुमान गरिएको छ। तर, प्रशिक्षक न्यौपानेका अनुसार मैदानमा पुगेपछि खेलको स्वभाव नै प्रतिस्पर्धात्मक हुन्छ। ‘गेम भित्र छिर्नासाथ सबै कुरा जितका लागि नै हुन्छ,’ उनी भन्छन्।

भारतको टोली पनि पूर्ण छैन। यो टोलीले पनि यु–१९ का खेलाडीहरूलाई बढी अवसर दिने तयारी गरेको छ। त्यसैले यो खेल दुवै देशका लागि भविष्यका खेलाडीको परीक्षणस्थल बन्नेछ।

नेपाल र भारतबीच हालसम्म १९ खेल भएका छन्, जसमा नेपालले चार जित दर्ता गरेको छ। यी सबै जित सन् २०१९ यता हात लागेका हुन्। यसपटकको भेट ‘च्यारिटी म्याच’ मात्र नभई, साफ र इन्डोनेसियामा हुन लागेको त्रिदेशिय प्रतियोगिताको तयारीका लागि ‘पर्फर्मेन्स’ मूल्यांयानको मौका पनि हो।

त्यसैले प्रशिक्षक न्यौपानको टोली मैदानमा ‘इन्जोय प्लस विनिङ एटिट्युड’ लिएर उत्रनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी