आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

सोमबार, ०३ कार्तिक २०८२खेलपाटी संवाददाता
८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !
mustang rice ad

काठमाडौं। २२ दिनको अन्तरालपछि बंगलादेश प्रिमियर फुटबल लिग पुनः सुरु भएको छ। तर, नेपाली राष्ट्रिय टोलीका आठ जना खेलिरहेका यो लिगको अझै पनि स्पोन्सर र लोगो घोषणा भएको छैन।

गत २७ सेप्टेम्बरमा लिगको पहिलो चरण समाप्त भएको थियो। त्यसपछि अक्टोबरको फिफा विन्डोका कारण खेल स्थगित गरिएको थियो। तर, आइतबारदेखि दोस्रो चरण भएको हो।

आइतबार मानिकगञ्जमा फकिरेरपुल र रहमतगञ्ज एकअर्कासँग भिडेका थिए। कुमिल्लाको सहिद धिरेन्द्रनाथ दत्त रंगशालामा ब्रदर्स युनियन र उपाधि दावेदार आबाहनी लिमिटेड तथा गाजिपुरमा बंगलादेश पुलिस क्लबविरुद्ध ढाका मोहम्मदन खेलेका थिए। सोमबार बसुन्धरा किङ्सले फोर्टिजसँग र आरामबागले पीडब्लुएडिसँग प्रतिस्पर्धा गर्नेछन्।

547407401_1351465686989476_9014181594314206607_n-1757769741799

दोस्रो चरणपछि लिग फेरि करिब एक महिनाका लागि रोकिँदैछ। तेस्रो चरण २४ नोभेम्बरदेखि सुरु हुने बताइएको छ। त्यसबीच बसुन्धरा किङ्स २५ अक्टोबरदेखि कुवेतमा एएफसी च्यालेन्ज लिगको मुख्य चरण खेल्नेछ र १८ नोभेम्बरमा ढाकामा भारतविरुद्ध एएफसी एसियन कप छनोटको खेल हुनेछ।

हाल बंगलादेश राष्ट्रिय टोलीमा नयाँ अनुहारहरू हम्जा चौधरी र सामित शोम आएपछि राष्ट्रिय फुटबलमा प्रायोजकहरूको चासो बढेको छ। तर, घरेलु फुटबलमा भने अझै पनि स्पोन्सर संकट कायम छ। फेडरेसनले अहिलेसम्म फेडरेसन कप र प्रिमियर लिग दुबैका लागि कुनै पनि प्रायोजकको घोषणा गर्न सकेको छैन।

लिगको नाम पनि परिवर्तन गरी अहिले बंगलादेश फुटबल लिग (बीएफएल) राखिएको छ। तर, त्यसको लोगो अझै बनेको छैन। पहिलो चरण स्पोन्सर र लोगोबिना सुरु हुँदा बंगलादेश फुटबल फेडरेसनले आलोचना खेपेको थियो। त्यसबेलाको विज्ञप्तिमा भनेको थियो,‘पहिलो चरणमा लोगो र स्पोन्सरको नाम नदेखाए पनि दोस्रो चरणदेखि नयाँ लोगो र ब्रान्डिङसहित बंगलादेश फुटबल लिग नयाँ रूपमा प्रस्तुत गरिनेछ।’

Kiran

तर, दोस्रो चरण सुरु भएपनि फेडरेसनले उक्त वाचा पूरा गर्न सकेको छैन। फेडरेसन स्रोतका अनुसार एउटा कम्पनी लिग प्रायोजन गर्न सहमत भए पनि कुन उत्पादनको नाममा स्पोन्सर गरिने भन्ने विषय अझै टुंगो लागेको छैन। त्यसका कारण लोगो निर्माण पनि हुन सकेको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले झन्डै ३ वर्षदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसकेपछि नेपाली खेलाडीहरू पनि आफ्नो भविष्य खोज्दै बंगलादेश पुगेका छन्।

राष्ट्रिय टोलीका डिफेन्डरद्वय एरिक विष्ट र सनीश श्रेष्ठ तथा फरवार्ड अञ्जन विष्ट र मिडफिल्डर योगेश गुरुङले ब्रदर्स युनियनसँग २०२५/२६ सिजनका लागि सम्झौता गरेका छन्।

545372779_18527582692005853_492251802461528605_n-1757770978567

ब्रदर्स युनियन अहिले बीपीएलमा सबैभन्दा धेरै नेपाली खेलाडी राख्ने क्लब बनेको छ। बंगलादेश फुटबल महासंघले ल्याएको साफ कोटा नियमले यो सजिलो भएको हो। यसले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडीकै रूपमा दर्ता गर्न अनुमति दिन्छ।

यी चारबाहेक नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबमा छन्। डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमाा अनुबन्ध भएका छन्। सेन्ट्रल ब्याक अनन्त तामाङलाई भने फर्सिट एफसीबाट खेलिरहेका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो