काठमाडौं । आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।
च्याम्पियनसिपमा मोरक्को खेलाडी बिलाल एक खात्ताबियालाई अंकको आधारमा हराएर बिक्रम सेमिफाइनलमा पुगेका थिए । तर, सेमिफाइनलमा बिक्रम रुसका आन्द्रि ग्राभोभास्कीसंग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले खेलपाटीलाई जानकारी गराए ।
यस स्पर्धामा रुसका आन्द्रिले स्वर्ण जित्द्दा क्रोएसियाका डामागोज बुझसिचले रजत जिते । बिक्रमसंगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक हात पारे ।
विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको र पहिलो सहभागितामै पटक जित्न सफल भएको नेपाली टोलीको टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठले जानकारी गराए ।
६९ राष्ट्रबाट कुल ४२५ खेलाडीले सहभागीता जनाएको च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाएका छन् ।
अब महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमाथि पलेशा गोवद्र्धनले बुधबार प्रतिस्पर्धा गर्ने छिन् । पलेशाले ब्राजिलका डेबोरा मेनेजेससंग खेल्नेछिन् ।