शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोरिन्होलाई उस्तै सम्मान

बिहिबार, १६ आश्विन २०८२Admin User
मोरिन्होलाई उस्तै सम्मान
Loading ad...
mustang rice ad

लण्डन । जोसे मोरिन्हो दुई दशकभन्दा अघि पहिलो पटक स्ट्याम्फर्ड ब्रिज आएर आफूलाई चेल्सीको स्पेसल वान घोषणा गरेका थिए।

६२ वर्षीय मोरिन्होको प्रशिक्षक जीवन अत्यन्तै रंगीन रह्यो—उतार–चढाव, विवादास्पद क्षणहरू र कतिपय बेला आफैंलाई निराश पारेका घटनाहरूले भरिएको।

तर, कतै पनि उनलाई चेल्सीमा जस्तो माया र स्नेह प्राप्त हुँदैन।

च्याम्पियन्स लिगमा बेनफिकाको १ ० को हारको क्रममा चेल्सीका समर्थकहरूले उनको नाम तीन पटक उच्च स्वरमा गाए। दोस्रो हाफको एक समयमा, मैदानको एक किनारमा रहेको म्याथ्यु हार्डिङ स्ट्यान्ड र अर्को किनारमा रहेको सेड दुवैतिरबाट उनी गुनगुनाइएका थिए।

उनी केही लाजमर्दो तरिकाले हात हल्लाए। यद्यपि उनको मुख्य ध्यान खेलमै थियो—उनी भन्छन्, अहिले सफल हुनुपर्ने चाहना त्यति बेला भन्दा अझ गहिरो छ, किनभने अहिले उनलाई आफ्नो प्रतिष्ठा जोगाउनुपर्छ।

“पहिलो पटक यहाँ आउँदा कोही मेरो प्रतीक्षा गर्दै थिएनन्,” उनले भने, “त्यतिबेला धेरै प्रश्न चिन्ह थिए।

अब भने सबैलाई लाग्छ, मसँग जादू छ, जसले कुरा बदलिदिन्छ।”

उनी यो कुरा चेल्सीको मिडिया कन्फरेन्स कोठामा बोलिरहेका थिए, जहाँ ठूलो भीड थियो। धेरैले मोरिन्होलाई चिने पनि त्यहाँ उपस्थित कसैले पनि ब्रायन पुलम्यानले जस्तो प्रभाव छोडेका छैनन्।

पुलम्यानले ५६ वर्षसम्म चेल्सीमा काम गरे र २०२४ मा अवकाश लिए। मिडिया कोठामा उनको अनुहार सबैलाई परिचित थियो। मोरिन्होले पनि उनलाई सम्झिए।

पुरानो साथीलाई भेट्दा मोरिन्हो हाँस्दै सोधे, “मेरा मनपर्ने बिस्कुट कहाँ छन् रु” पुलम्यानले नजिकैको टावल हटाए र आधा दर्जन कस्टर्ड क्रीम देखाए। मोरिन्होले केही लिए र बाँकी पनि लिएर उठे। त्यसपछि भएको अंकमाल भावुक क्षण थियो।

यो नै त्यो चेल्सी मोरिन्हो हो—जसलाई फ्यानहरूले माया गर्छन्।

फ्यानहरूको प्रिय मोरिन्हो

सोमबार उनले लामो समयदेखि काम गर्दै आएकी कर्मचारी थ्रेसा कोनिलीसँग लामो कुरा गरे। खेल सुरु हुनुभन्दा ९० मिनेट अघि पुगेपछि पूर्व खेलाडी जो कोलसँग खुसीसाथ कुरा गर्दै उनको काँधमा हात राखेर बसिरहेका थिए। उनीहरूले उनलाई चिनेका साना समर्थकहरूसँग पनि रमाइरहेका थिए—एक बालकको जर्सीमा हस्ताक्षर गरेर।

“मैले उनीहरूलाई धन्यवाद दिएको छु,” उनले भने।

“मैले खेलमै यो गरेको थिएँ। म यतै वरिपरि बस्छु, सडकमा उनीहरूसँग कुरा गर्छु।

म आशा गर्छु, २० वर्षपछि आफ्ना नातिनातिनीहरूसँग फेरि यहाँ फर्कनेछु।

चेल्सी मेरो इतिहासमा छ, र म उनीहरूको इतिहासमा।”

तर मोरिन्हो जित्न चाहन्छन्। त्यो उनले मैदानमा देखाएका व्यवहारले देखाउँथ्यो—रेफ्रीको निर्णय च्यानलेन्ज गर्दै, आफ्ना खेलाडीहरूसँग अझ बढी माग गर्दै।

हारको बाबजुद उनले आफ्ना खेलाडीको प्रशंसा गरेका सुन्दा अचम्म लाग्यो। तर उनले स्वीकारे, पोर्चुगलका क्लबहरूको आम्दानी च्याम्पियन्स लिगका अङ्ग्रेजी क्लबहरूको तुलनामा निकै कम छ।

क्लासिक मोरिन्हो क्षण

उनी त्यही डगआउटमा बसे, जहाँ प्रशिक्षक हुँदा बस्ने गर्थे। तर अब गृह डगआउट बीच भागमा स्थानान्तरण भएको देख्दा अचम्म लाग्यो।

यसले उनलाई बेनफिकाका समर्थक नजिकै राख्यो। दोस्रो हाफमा उनले फेरि ‘क्लासिक मोरिन्हो’ क्षण प्रस्तुत गरे।

दुई वर्षअघि चेल्सीले बेनफिकाबाट अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई १ सय ७ मिलियन खर्चेर किनेको थियो। तर पैसाले समर्थकहरूको व्यवहारमा फरक पारेन।

फर्नान्डेज कर्नर लिन जाँदा स्ट्यान्डबाट बोतल र वस्तुहरू फ्याँकिए।

मोरिन्हो तत्काल उठेर टचलाइनतिर दौडे। २००४ मा पोर्टोका प्रशिक्षक हुँदा म्यानचेस्टर युनाइटेडलाई हराएर ओल्ड ट्राफोर्डमा गरेको उत्सव सम्झाउने दृश्य थियो।

अब घुँडामा स्लाइड गरेर मनाउने अवस्था नभए पनि उनले आक्रोशका साथ हात हल्लाउँदै समर्थकहरूलाई रोक्न आग्रह गरे। केहीले मात्र सुने, तर अन्ततः फर्नान्डेजले कर्नर लिन सके।

यो नै शान्तिदूत मोरिन्हो, साथी मोरिन्हो।

सम्झनलायक फिर्ती

बेनफिका जितेन, चेल्सी खासै राम्रो पनि खेल्दैनथ्यो। तर मोरिन्होको फिर्ती भने सम्झनलायक रह्यो।

यहाँ सधैं आपसी सम्मान रहनेछ।

-साइमन स्टोन/बीबीसी

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी