भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी
-1757782135288.jpg&w=3840&q=75)
काठमाडौं। काठमाडौंका फुटबल मैदान खाली छन्। तर, बंगलादेशको ढाकामा भने नेपाली खेलाडीहरूको संख्या बढ्दै गएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले झन्डै २७ महिनादेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसकेपछि नेपाली खेलाडीहरूले आफ्नो भविष्य विदेशी लिगमा खोज्न थालेका छन्।
यही क्रममा राष्ट्रिय टोलीका डिफेन्डरद्वय एरिक विष्ट र सनीश श्रेष्ठ तथा फरवार्ड अञ्जन विष्ट र मिडफिल्डर योगेश गुरुङले संयुक्त रूपमा बंगलादेश प्रिमियर लिग (बीपीएल) क्लब ब्रदर्स युनियनसँग २०२५/२६ सिजनका लागि सम्झौता गरेका छन्। उनीहरू ढाकास्थित क्लबको प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका छन्।
ब्रदर्स युनियन अहिले बीपीएलमा सबैभन्दा धेरै नेपाली खेलाडी राख्ने क्लब बनेको छ। बंगलादेश फुटबल महासंघले ल्याएको साफ कोटा नियमले यो सजिलो भएको हो, जसले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडीकै रूपमा दर्ता गर्न अनुमति दिन्छ।
नेपालमा घरेलु लिग अनिश्चित भएको कारण खेलाडीहरूले बंगलादेशलाई पहिलो रोजाइ बनाउन थालेका छन्। ढाकामा हुने उनीहरूको प्रदर्शनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने आशा गरिएको छ।
बीपीएल आगामी २७ सेप्टेम्बर २०२५ देखि सुरु हुँदैछ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


