काठमाडौं । सन्जय लामाले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन अग्रता बनाएका छन् ।
पोखराको हिमालयन गल्फ कोर्स बुधबार २ अन्डर ६७ स्कोरकार्डसहित सन्जयले अग्रता बनाएका हुन् । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ इभन पार ६९ स्कोर जोड्दै दोस्रो स्थानमा रहेका छन् ।
एमेच्योर खेलाडी शुक्र बहादुर राई र जयराम श्रेष्ठ ७० स्कोरसहित तेस्रो र चौथोमा रहदा २ ओभर ७१ स्कोर बनाएका भुवन नगरकोटी पाँचौ स्थानमा छन् ।
३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले आयोजना गर्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।