काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारबाट पोखरामा सुरु हुने भएको छ ।
हिमालयन गल्फ कोर्स पोखरामा हुने ३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले आयोजना गर्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगिताका लागि प्रोफेसनल खेलाडी तथा एमेच्योर खेलाडीहरु पोखरा आईसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा साविकको बिजेता धन थापा, नेपालका नम्बर एक खेलाडी शिवराम श्रेष्ठ, भुवन नगरकोटी, संजय लामा र रामे मगरले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।