काठमाडौं । रोयल नेपाल गल्फ क्लबको नयाँ नेतृत्वमा प्रचण्ड बहादुर श्रेष्ठ विजयी भएका छन् ।
शुक्रबार भएको साधारण सभामा टासी घलेलाई पराजित गर्दै श्रेष्ठ क्लबको नयाँ नेतृत्वका लागि छानिएका हुन् । श्रेष्ठले नेपाल गल्फ एशोशियशनका अध्यक्ष समेत रहेका टासीलाई पराजित गरेका हुन् ।
निर्वाचित श्रेष्ठले ४७ मत प्राप्त गरे । टासीले ३० मत पाए । अध्यक्ष पदका लागि आज निर्वाचनमा ८६ मत खसेको थियो । निर्वाचित श्रेष्ठ क्लबका पुर्व अध्यक्ष समेत हुन् ।

१५ सदस्यीय कार्यसमितिमा अन्य पदमा भने सर्वसम्मत भएको थियो । उपाध्यक्षमा मेजर एनके राई, क्याप्टेनमा राजेन्द्रमान श्रेष्ठ, लेडी क्याप्टेनमा पवित्रा याक्थुम्बा र भाईस क्याप्टेनमा राजेन्द्र श्रेष्ठ चयन भए ।
त्यस्तै कार्यसमिति सदस्यमा श्रीहर राणा, क्याप्टेन एमबी लिम्बु, एमएल सिन्या, रञ्जित बराल, समिर आचार्य, रविन राना, मनोहर मुल, पी वाङ्दी लामा, तेज राई र रञ्जय पौडेल सर्वसम्मत चयन भएका छन् ।

निर्वाचित भए लगत्तै श्रेष्ठले क्लबमा देखिएको चुनौती पार गर्न आफु नेतृत्वमा आएको बताए । उनले अध्यक्षका प्रत्यासी टासी घलेलाई समेत संगै लिएर अगाडी बढ्ने प्रतिबद्वता जनाए ।
'म पदका लागि आएको हैन । म यो पदमा अगाडी पनि बसिसकेको छु । यहाँका चुनौतीलाई आत्मसाथ गरेर अगाडी बढाउँछु ।' उनले भने ।