काठमाडौं। विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवाना लामासहित चार खेलाडीले चुनौती पेस गर्ने भएका छन्। प्रतियोगिता डिसेम्बर १० देखि १६ तारिखसम्म हंगेरीको बुढापेस्टमा हुँदैछ।
उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवानाले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलले जनाएका छन् ।
डुवाना भने हंगेरी पुगिसकेकी छन् । टोली प्रमुखमा दिलिप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई छन् ।