राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम
२०२४ अक्टोबर १७, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले बुधबार महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
त्यस्तै, टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन्।
सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।