आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने

बुधबार, ०२ आश्विन २०८१खेलपाटी संवाददाता
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
Loading ad...
mustang rice ad

काठमाडौं। आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ। नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ। बुधबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ। खुला (महिला÷पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।

संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि आफूलाई प्रमाणित गर्ने अवसर समेत रहेको विश्वास लिएको छ। यस प्रतियोगितामार्पmत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँचलगायत अपेक्षा गरिएको छ। उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ। राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ स्वरुपमा पुरस्कृत गरिने भएको छ।

एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २०,००० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ। प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन्। वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ।

नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ। यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए। कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो