मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धि

शनिबार, १५ भाद्र २०८१खेलपाटी संवाददाता
पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धि
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्घनले पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन्।

पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाइन्। रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परिन्। 

सिल्भानले पनि कांस्य नै जितिन्। पराजित भए पनि पलेशाले रिपेचज खेल्ने अवसर पाइन्। क्वार्टरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो। पहिलो चरणमै हार व्यहोर्नेलाई यो सुविधा थिएन।

लगातार दोस्रो पारालिम्पिक खेलेकी पलेशाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउँदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन्। कांस्य पदकका लागि भएको भिडन्तमा भने पलेशा चीनकी लि युजीसँग १२–९ ले चुकेकी थिइन्। यिनै लिले स्वर्ण जित्दै पेरिस यात्रालाई सुखद बनाइन्। लिले फाइनलमा टर्कीकी गाम्जे गुर्डेललाई ११–० ले पाखा लगाइन्।

पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो।

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन्। सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। त्यो प्रतियोगितामा उनी पाँचौं स्थानमा रहिन्।

पिता प्रदीप र आमा मनीताका ३ छोरी मध्ये माइली सन्तान २१ वर्षीय पलेशाले पेरिस पारालिम्पिकसहित करियरमा ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन्। त्यसमा ३ स्वर्ण र उत्ति नै कांस्य रहेको छ। पलेशाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स– २०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट– २०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन्। 

ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन्। टोकियो पारालिम्पिकमा भने पलेशा वाइल्ड कार्ड मार्फत सहभागी भएकी थिइन्।

त्यस्तै पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद– २०२२ मा कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो।

पलेशासँग लन्डन र टर्कीमा भएको २ विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ।

पलेशाले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट पारा एथलिट अवार्ड जितिसकेकी छन्। काठमाडौं महानगरपालिका वडा २८, बागबजारकी पलेशा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन्।

पेरिस पारालिम्पिकका लागि नेपाली तेक्वान्दो टोलीले १ महिना युकेको म्यान्चेसटरमा तयारी प्रशिक्षण गरेको थियो। पारालिम्पिकमा सहभागी टोली म्यान्चेसटरबाटै अगस्ट २५ तारिखमा पेरिस पुगेको थियो।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रुपमा यो ११ औं अन्तर्राष्ट्रिय पदक हो। अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेका छन्। लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक हुन्।

पलेशाले मेहनतको फल प्राप्त भएको र आफूले जितेको पदक आफ्नो मात्र नभई सिंगो राष्ट्रका लागि भएको प्रतिक्रिया दिइन्। ‘मेहनतको फल पाएको अनुभूति भइरहेको छ। यो पदक मेरो मात्र होइन। सिंगो नेपाल र सम्पूर्ण नेपालीहरूको हो।’ पलेशाले भनिन्– ‘अब हामी गर्वका साथ भन्न सक्छौं। ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर।’

पलेशाले अगाडि भनिन्– ‘सबैको म प्रति भरोसा थियो, पदक जित्छ भनेर। उहाँहरुको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुसी छु।’

पलेशाले आफ्नो यात्रामा सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पारालिम्पिक कमिटी, नेपाल तेक्वान्दो संघ, परिवार, शुभचिन्तकलगायत सबैलाई धन्यवाद दिँदै अझ राम्रो तयारी गर्न सके यो भन्दा बढी उपलब्धि हासिल गर्न सकिने बताइन्।

प्रशिक्षक लामाले टोकियो ओलम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुसी व्यक्त गर्दै पलेशाले जितेको पदक सम्पूर्ण देशवासीका लागि उपहार भएको बताए। उनले पलेशा र सम्पूर्ण टिमको मेहनतले सफलता सम्भव भएको बताउँदै पलेशाको सफलताले नेपाल पनि ओलम्पिकमा पदक जित्न सक्षम छ भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे।

राखेपका, नेपाल पारालिम्पिक कमिटी एवं नेपाल तेक्वान्दो संघका सदस्यसमेत रहेका टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठले लामो समयदेखि राष्ट्रले चाहेको पदक जित्न सफल भएकोमा पलेशालाई बधाई र धन्यवाद दिँदै अझ लगानी वृद्धि गर्ने हो भने स्वर्ण पदक पनि टाढाको विषय नभएको बताए। उनले अनुकूल वातावरण पाए नेपाली खेलाडी पनि कुनै पनि देशको खेलाडी भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण पलेशा भएको प्रतिक्रिया दिए।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले इतिहास रच्न सफल पलेशालाई बधाई दिँदै पलेशाले जितेको पदक खेलकुद क्षेत्रका लागि मात्र नभई राष्ट्रकै लागि अमूल्य उपहार भएको बताए।

तेक्वान्दोसहित नेपाली पारालिम्पिक टोली सेप्टेम्बर ४ तारिख नेपाल आइपुग्ने छन्। पेरिस पारालिम्पिकमा नेपालबाट पौडीका भीमबहादुर कुमालले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। उनले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।

पेरिस पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन्। तेक्वान्दोका भरतसिंह महता अगस्ट २९ तारिखमै जापानका मित्सुया तानाकासँग पहिलो चरणमै १९–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। उनले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी