काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकको पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन्।
शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन्। योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धामा अब उनले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्।