पेरिस पारालिम्पिक : पहिलो चरणबाटै बाहिरिए भरत
बिहिबार, भदौ १३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालका भरतसिंह महत पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ को खेलमा पराजित भएका छन्।
पेरिसस्थित ग्रान्ड पेलेसमा बिहीबार भएको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत पहिलो चरणमा जापानका मित्सुया तानाकासँग पराजित भएका हुन्। उनी तानाकासँग १९-३ अंकले पराजित भए। योसँगै उनी प्रतियोगिताबाट बाहिरिएका छन्।
भरत वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक छनोट भएका हुन्।















