मंगलबार, १९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

मंगलबार, १८ असार २०८१खेलपाटी संवाददाता
पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं। पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो। चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। उनकै नाममा १३० केजीको कीर्तिमान थियो। कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोश्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो  भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए। ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो। कोशीका सोमनाथ राई दोश्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो बने।

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे। उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे। बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते। उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे। गण्डकी प्रदेशका पवन घर्ती मगर दोश्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहे।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे। उनले ५० केजी वजन उठाए। कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे। पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए। उनले ८० केजी तौल उचाले। लुम्बिनीका नारायण तिमल्सिना दोश्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए।

विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

 पलेशालाई कांस्य

पलेशालाई कांस्य

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

चेल्सी पुगे बार्को

चेल्सी पुगे बार्को

 पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने