काठमाडौं। पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बीसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडा आइतबार पहिलो भएकी छन् । सीताकुमारी ढकाल दोश्रो तथा साधना घिमिरे तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा अपङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी थ्रीको मिक्समा मलिना खड्गी पहिलो, कृष्टिन मगर दोश्रो र युनिशा लिम्बू तेश्रो बने । बीसी टुको मिक्समा इन्द्र अवालले स्वर्ण, विशाल श्रेष्ठले रजत र ललिता बस्नेतले कांस्य जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको बीसी टु पेयरमा उमंगराज कार्की र जिज्ञासा अधिकारी पहिलो, सुरन्जन रावत र लक्ष्मी मगर दोश्रो तथा सुमन पलिखेल र कृष्णा तेश्रो भए । पुरुषको बीसी फोरमा आयन पुजारीले स्वर्ण, विष्णु घिमिरेले रजत र कोषबहादुर थापाले कांस्य जिते ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, आयोजक बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेको अध्यक्ष पौडेलले जनाएकी छन् ।