काठमाडौं । दोस्रो संस्करणको एफसी एस एस ओपन फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक एफसी एस ऐसले एक दिने प्रतियोगिता माघ ५ गते (शनिबार) आयोजना हुने जनाएको छ ।
टोखास्थित ग्रान्ड़ी फुटसलमा आयोजना हुने प्रतियोगितामा राजधानीका फुटसल क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् । तर, सहभागी टिमको तय को छैन ।
नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
एन्फाबाट मान्यता पाएका रेफ्रीहरुद्वारा संचालन हुने प्रतियोगितामा सहभागी हुन ५ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।