काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरश रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।
मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदा सम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।
मन्त्रालयले दशरथ रंगशाला सहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनीक गरेको छ ।
ऐनलेनै सो कार्य गर्न राखेपलाई अधिकार दिएपनि परिषद्को कार्य प्रभावकारी नदेखिएको खेलकुद मन्त्रालयले टिप्पणी गरेको छ ।
दशरथ रंगशाला खेल बाहेकका अन्य गतिविधिलाई उपलब्ध गराएपछि फुटबल मैदान खेल्न नमिल्ने बनेको छ । सोही कारण नेपालले विश्वकप छनोट अन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको छ । सोही कारण घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्नबाट खेलप्रेमी बञ्चित बनेको अवस्था छ ।
पछिल्लो घटनाबाट पाठ सिकेको मन्त्रालयले कार्यविधि बनाएरै रंगशाला सञ्चालनको मापदण्ड लागू गर्ने तयारी गरेको छ । सोही अनुसार प्रक्रिया अघि बढेको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।