काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।
नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् ।
नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७ दशमलव २६ सेकेन्डको समयमा ० दशमलव ८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६ दशमलव ३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेका हुन् ।
नासिरले आईतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५ दशमलव ६५ सेकेन्डको नयाँ किर्तिमान कायम गरेका थिए ।
यस्तै सोमबारनै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भंग गर्दै नयाँ १ मिनट ५ दशमलव ४७ सेकेन्डको किर्तिमान कायम गरेकी हुन् ।
गौरिकाले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६ दशमलव ८० सेकेन्ड समयमा १ दशमलव ३३ सेकेन्ड समय सुधार गर्दै नयाँ किर्तिमान कायम गरेकी हुन् ।