बुटवल । तेश्रो संस्करणको 'द फार्मा कप' फुटसल प्रतियोगिताको उपाधि आयोजक द फार्मा टिमले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा पीईएनको बी टिमलाई ७-६ गोल अन्तरले हराउँदै द फार्माले उपाधि जितेको छ ।
रोमाञ्चक बनेको फाईनल खेलमा निर्धारित समयको अवधिमा कुनै गोल हुन सकेन । अन्तिम टाइब्रेकरमा पीईएन बी टिमलाई हराउँदै द फार्माले उपाधि उचालेको हो ।
उपाधिसँगै द फार्मा टिमले ट्रफी, मेडल सहित ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो । उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्यो ।
विधागततर्फ द फार्माका बिप्लप श्रेष्ठ उत्कृष्ट खेलाडी, मदन घिमिरे उत्कृष्ट गोलरक्षक घोषित भए । आकास मगर सर्वाधिक गोलकर्ता चुनिए ।
फेयर प्लेको उपाधि एनएमएसराको ए टिमले प्राप्त गरेको छ ।